सर्लाही । बलरा नगरपालिकाले नियमविपरीत अस्पताल व्यवस्थापनका लागि सफ्टवेयर खरिद गरेको खुलेको छ ।
सार्वजनिक खरिद ऐनविपरीत प्रक्रिया अघि बढाउँदै नगरपालिका २०८० भदौ १३ गते डायनामिक टेक्नो सफ्ट प्राइभेट लिमिटेड बाट ९ लाख ९९ हजार १ सय ९६ रुपैयाँ बराबरको सफ्टवेयर खरिद गरेको महालेखा परीक्षणको प्रतिवेदनले देखाएको हो ।
महालेखा परीक्षकको ६२ औँ प्रतिवेदनअनुसार सफ्टवेयर खरिदमा कुनै लागत अनुमान तयार गरिएको थिएन । सामान्यतया यस्ता खरिदमा लागत अनुमान तयार पारेर प्रतिस्पर्धी प्रक्रिया अपनाउनुपर्ने कानुनी व्यवस्था छ । तर बलरा नगरपालिकाले तीन वटामात्र कोटेशन संकलन गरी कम्पनीको मूल्य सूचीलाई आधार मानेर खरिद प्रक्रिया सम्पन्न गरेको देखिएको छ ।
लागत अनुमानबिनै कोटेशन संकलन गरेर खरिद प्रक्रिया अघि बढाइएकाले यसको पारदर्शिता र मितव्ययिता दुबैमा प्रश्न उठेको हो । महालेखाको प्रतिवेदनले नगरपालिकाले खरिदसँग सम्बन्धित आवश्यक प्रमाणसमेत पेस नगरेको उल्लेख गर्दै खर्चको औचित्यमाथि नै गम्भीर आशंका व्यक्त गरेको छ ।
विशेषज्ञहरू भन्छन्–‘लागत अनुमानबिनाको खरिदले भ्रष्टाचार र आर्थिक दुरुपयोगलाई प्रश्रय दिन्छ । स्थानीय सरकारको यस्तो लापरबाहीले जनताको करको रकम अनियमित ढंगले खर्च गरिएको स्पष्ट देखिन्छ ।’
नियमविपरीत गरिएको खरिदको जवाफ दिन नगरपालिकाले हालसम्म चासो नदेखाएको आलोचकहरूको आरोप छ । सार्वजनिक निकायले कानुनको पालना गरी खरिद प्रक्रिया अघि बढाउनुपर्नेमा बलराले भने प्रक्रिया र पारदर्शीताको धज्जी उडाएको हो ।
यसले स्थानीय तहमा देखिएको सुशासन अभाव र आर्थिक अनुशासनको कमीलाई पुनः उजागर गरेको छ ।
महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ :

काठमाडौं । जनमत पार्टीको राष्ट्रिय अध्यक्षमा डा.सीके राउत निर्वाचित भएका छन् । पार्टीको दोस्रो महाधिवेशन अन्तर्गत बिहीबार मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेकोमा अध्यक्ष...
काठमाडौँ। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशवकुमार झासहित ९ जनाले पार्टी छाडेका छन्। झा, चन्द्रानन्द मिश्र, पंकजकुमार देब, हिरालाल मण्डल, अनुपम झा, रिषिका...
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग विशेष अन्तरक्रिया सुरु गरेका छन्। बैठकमा नवीनतम प्रविधि तथा डिजिटल सुशासन,युवा स्वरोजगार...
काठमाडौँ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली थ्री एको टनेल भित्र फसेका ६ वटा शव निकालिएको छ । भदौ १० गते रसुवाको भोटेकोसीमा...
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्न लागेको हो। सरकारका नियमित तथा समसामयिक विषयहरूमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend