Nepal Face
  • शुक्रबार, २ असोज २०८३
  • रसुवा कन्ष्टन्क्सनका संचालक आचार्यबिरुद्ध अख्तियारद्वारा मुद्दा दायर, प्रतिकूल बकपत्र गरेको आरोप


    बिहिबार, असोज १ २०८३
    2.9K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । सागरनाथ वन विकास परियोजना व्यवस्थापनमा रहेको जग्गामा उत्खनन् भएको वन पैदावारको (नदीजन्य पदार्थ) रोयल्टी असुल नगरी भ्रष्टाचार गरेको विशाल घिमिरेसमेत भएको राजश्व चुहावटको भ्रष्टाचार मुद्दामा प्रतिकूल बकपत्र गर्ने रसुवा कन्ष्ट्रक्सनका संचालक राजेन्द्रराज आचार्यबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    विशेष अदालत, काठमाडौंमा दर्ता भएको उक्त भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रुपमा पेस गरिएका आचार्यले प्रतिकूल बकपत्र गरेकाले उनीबिरुद्ध ९ लाख ५३ हजार ४ सय ९६ रूपैया ९० पैसा माग गरिएको छ ।

    वादी नेपाल सरकार, प्रतिवादी विशाल घिमिरेसमेत भएको राजश्व चुहावट गरी भ्रष्टाचार गरेको मुद्दामा अनुसन्धान अधिकारीलाई सहयोग गरी प्रमाण संकलन गर्न सहयोग गरेको आधार र कारणबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायमा पूर्ण छुट दिई प्रतिवादी नबनाई सरकारी साक्षीको रुपमा पेस गरिएका रसुवा कन्स्ट्रक्सनका सञ्चालक राजेन्द्रराज आचार्यले विशेष अदालत, काठमा्डौंमा २०८३ भदौ १० गते बकपत्र गर्दा आयोगका अनुसन्धान अधिकृत समक्ष गरेको बयान बेहोराको प्रतिकूल हुनेगरी बकपत्र गरेका थिए ।

    आचार्यले बागमती नगरपालिकासँग प्रचलित कानुन भन्दा कम मूल्यमा वन पैदावार (नदीजन्य पदार्थ) खरिद गर्न सम्झौता गरी खरिद गर्ने कार्यमा संलग्न भएको उक्त कार्य कसुर भएको तथा सागरनाथ वन विकास परियोजना क्षेत्रमा रोयल्टी दाखिला नगरी नगराई गैरकानुनी तवरबाट वन पैदावार उत्खनन् गरी गराई राजश्व चुहावट गर्ने गराउने कसुरजन्य कार्यमा मुख्य कसुरदारहरुसँगको मिलेमतोमा गैरकानुनी लाभ लिई दिई कसुर कार्यमा सहयोग पुर्‍याएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

    आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (क) बमोजिमको कसुरजन्य कार्यको मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा रसुवा कन्स्ट्रक्सनले बागमती नगरपालिकासँग सम्झौता गरी खरिद गरेको ३००० घनमिटरको हुन आउने बिगो माग गरी मुद्दा दायर गरेको छ । रसुवा कन्ष्ट्रक्सन नेपाली कांग्रेसका रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार