काठमाडौं । उद्योग बिभागका महानिर्देशक राजेश्वर ज्ञवालीले १ घन्टामै नायबसुब्बाको सरुवा गरेका छन् । बिगत १५ बर्षदेखि उद्योग मन्त्रालयको ट्रेडमार्क शाखामा कार्यरत नायबसुब्बा(नासु) सरस्वती श्रेष्ठलाई अनुमति शाखामा लगेका छन् ।
आकर्षक शाखा मानिएको अनुमति शाखामा पुगेकी श्रेष्ठ झन्डै २ बर्षदेखि ट्रेडमार्क शाखामा कार्यरत थिइन् । सेवाग्राहीसँग सास्ती दिएर असुल्ने र माथिल्ला कर्मचारीलाई चाकडी गर्ने र बुझाउने स्वभावकी श्रेष्ठले सोही कारण उद्योग बिभाग र उद्योगकै अन्य निकाय छाडेर अन्यत्र जानुपरेको छैन । गतहप्ता उनको मात्रै सरुवा १ घन्टाभित्र गरेर शाखा सम्हाल्न महानिर्देशक ज्ञवालीले निर्देशन दिएपछि प्रशासन शाखाले प्रक्रिया पूरा गरेको थियो ।
अनुमति शाखाका अर्का पावरफुल नासु कमल निरौलालाई सरस्वतीको ठाउँमा लगिएको छ । महानिर्देशक ज्ञवाली आफैंले डिल गरेको फाइलमा निरौलाले चासो राख्दा उनी अनुमति शाखाबाट हुत्तिनुपरेको छ । आफैंले हेर्दैआएको फाइलमा महानिर्देशक ज्ञवालीले डिल गरेको सुइँको पाएपछि रन्थनिएर उनी डीजीको कार्यकक्षमा गएका थिए । सोही कारण ज्ञवाली र उनबीच भनाभनसमेत भएको र उनी बाहिरिएलगत्तै डीजी ज्ञवालीले प्रशासन शाखाका निर्देशक पशुपतिबाबु पुरीलाई निरौलालाई तत्काल शाखा परिवर्तन गरी जानकारी दिनू भनेका थिए । डीजीको आदेश लगत्तै १ घन्टाभित्रै उनले ट्रेडमार्क शाखामा खटाइएको पत्र पाएका थिए ।
विगत १५ बर्षदेखि उद्योग मन्त्रालय मातहत रहेकी र हाल बिभागको ट्रेडमार्क शाखामा कार्यरत आर्किटेक्ट इन्जीनीयरको रुपमा कार्यरत शैलजा श्रेष्ठ उद्योग बिभागमै रजगज गरिरहेकी छन् । उनी ट्रेडमार्क शाखामा कार्यरत छिन् । आश्चर्यको कुरा त के छ भने आर्किटेक्ट इन्जीनीयरलाई अहिलेका महानिर्देशक ज्ञवालीले समेत पेटेन्ट डिजाइन हेर्ने जिम्मा दिइरहेका छन् ।
उद्योग बिभागबाट अनुमति लिएका उद्योग र कलकारखानाका भवनहरु मापदण्डअनुरुप भए नभएको हेर्नका लागि आर्किटेक्ट इन्जीनीयरहरुको दरबन्दी राखिएको हो । तर उनलाई तोकिएको जिम्मेवारी नदिई ट्रेडमार्कको पनि अति संवेदनशील मानिएको पेटेन्ट र डिजाइनको काम हेर्ने जिम्मा दिइएको छ । सेवाग्राहीसँग रुखो ब्यवहार देखाउने, तजबिजी अधिकार जस्तो ब्यवहार देखाउने श्रेष्ठ बर्षौदेखि बिभागको ट्रेडमार्क शाखामा रहेकी छन् ।
सहरी विकास मन्त्रालयले आर्किटेक्ट इन्जीनीयरको सेवा संचालन गर्दैआएको छ । तर २० बर्षदेखि उद्योग बिभागमै रहेकी श्रेष्ठलाई भने मन्त्रालयले सरुवा गर्न आवश्यक ठानेको छैन । उद्योग बिभागमा आर्किटेक्ट इन्जीनीयरको आवश्यकता नै छैन । यदि भए पनि बर्षाैबर्षदेखि कार्यरत श्रेष्ठलाई भने आवधिक सरुवा गरी अर्को इन्जीनीयर पठाउन नसक्नु सहरी विकास मन्त्रालयको निहीत उद्देश्य बुझिनसक्नु बिषय भएको छ ।
यसअघिका ट्रेडमार्क शाखाका निर्देशक सोम गौतमकी मुख्य सल्लाहकार भएर काम गर्दैआएकी थिइन् । गौतमको अनुमति शाखामा सरुवासँगै श्रेष्ठ निराश बनेकी छन् । उनलाई नियमबिपरीत अनुमति शाखामा लैजानका लागि गौतमले डीजी ज्ञवालीसँग लबिङ गरिरहेकी छन् । सरस्वतीले अनुमति पाएसँगै गौतमका विश्वासपात्र शैलजा पनि सोही शाखामा जान हौसिएकी छन् ।
पटक पटक सरुवा हुँदै पुनः उद्योग बिभाग फर्किंदैआएका नासु यज्ञ आचार्य उद्योग मन्त्रालयमा पुगेका छन् । यही भदौमा मन्त्रालयले गर्ने सरुवामा आधा दर्जन नासु बिभाग आउन दौडधूपमा छन् । उद्योग मन्त्री दामोदर भण्डारीका स्वकीय सचिवालयका लोकेन्द्र भण्डारी नाइट क्लब प्रकरणपछि बहिर्गमन भएसँगै प्रमुख स्वकीय सचिव आनन्द भट्टको एक्लौटी सुरु भएको छ । भट्टले बिभाग जान चाहने अधिकृत र नासुहरुको सूची बनाइरहेका छन् ।
काठमाडौं । नेपालको निजामती प्रशासनमा जब ऐन–नियम र कानुन परिवर्तनको समय आउँछ, एक समूहलाई ठूलो ठेक्का खुल्छ । बि.स. २०४९ मा नियमावली परिवर्तन गर्दा...
काठमाडौं । रसुवा-भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका राष्ट्रसेवक कर्मचारीलाई सम्पत्ति विवरण पेश गर्न थप ३० दिनको म्याद...
काठमाडौं । सागरनाथ वन विकास परियोजना व्यवस्थापनमा रहेको जग्गामा उत्खनन् भएको वन पैदावारको (नदीजन्य पदार्थ) रोयल्टी असुल नगरी भ्रष्टाचार गरेको विशाल घिमिरेसमेत भएको राजश्व...
काठमाडौ । आकर्षक मानिने उपत्यकाका नापी कार्यालयमा थमौती हुन र सरुवा हुन दुई प्रमुख नापी अधिकृत (उपसचिव)ले अस्वभाविक चलखेल गरेको पाइएको छ । उपत्यकाका नापी...
सुयोग शर्मा काठमाडौं । बरिष्ठ सचिवहरुलाई पाखा लगाएर गरिमामय मुख्यसचिव पदमा पदासिन भएकोमा बिलम्ब भए पनि हार्दिक बधाइ र शुभकामना । कार्यकाल सफल रहोस् ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend