काठमाडौं । उद्योग बिभागमा लामो समय कार्यरत रहेका इन्जीनीयरहरुको सरुवा भएको छ ।
उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले बिभागमा कार्यरत निशेष महर्जनलाई गुणस्तर तथा नापतौल बिभाग, कृष्णबहादुर सोडारीलाई खानी बिभाग, तथ्यांक अधिकृत विनोदप्रसाद रेग्मीलाई मन्त्रालय, तथ्यांक सहायक टीकाराम वस्तीलाई लघु घरेलु तथा साना उद्योग प्रबद्र्धन केन्द्र र लघु घरेलुका मनोजराज भट्टराईलाई उद्योग बिभागमा पठाइएको छ ।
त्यसैगरी उद्योग मन्त्रालयमा लामो समय कार्यरत मेकानिकल इन्जीनीयर शुभेच्छा सापकोटा र गुणस्तर तथा नापतौल बिभागका इन्जीनीयर रमेश सुतिहारको उद्योग बिभागमा सरुवा भएको छ ।
खानी तथा भूगर्भ बिभागका मेकानिकल इन्जीनीयर सन्तोष कोइरालालाई उद्योग मन्त्रालयमा लगिएको छ । उद्योग मन्त्रालय र मातहतका निकायबाट ठूलो संख्यामा शाखा अधिकृतहरुको समेत सरुवा भएको स्रोत बताउँछ । उद्योग बिभागका शाखा अधिकृत एकनाथ बाँस्तोलाको उद्योग मन्त्रालयमा सरुवा भएको छ । उनी अढाइ बर्षदेखि बिभागको अनुमति शाखामा कार्यरत थिए ।
यसैबीच, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले ठूलो संख्यामा कर्मचारी सरुवा गरेको छ । तिहारको सम्मुखमा गरिएको सरुवा छठसम्म पनि गुपचुप राखिएको छ, सार्वजनिक गरिएको छैन । उद्योग बिभागबाट ठूलो संख्यामा नायबसुब्बा, कम्प्युटर अप्रेटर, शाखा अधिकृत÷इन्जीनीयरहरुको सरुवा मन्त्रालय र मातहतका निकायमा गरिएको छ ।
बिभागको ट्रेडमार्क शाखामा कार्यरत नायबसुब्बा गंगाकुमारी केसीलाई खानी बिभाग, बिदेशी लगानी शाखाका नायबसुब्बा मोहनप्रसाद देवकोटालाई खानी बिभागमा लगिएको छ ।
त्यसैगरी नासुहरु उदयराज पौडेल, कमलप्रसाद निरौला, सुन्दर प्रजापती मन्त्रालयमा र सरस्वती श्रेष्ठलाई सेजमा पठाइएको छ । नासु नेत्रबहादुर राउतलाई बाणिज्य बिभागमा सरुवा गरिएको छ ।
त्यसैगरी, मन्त्रालयबाट नासुहरु मिराकुमारी बस्नेत, राधाकृष्ण कोइराला, बिनु राउतलाई मन्त्रालयबाट कम्पनी रजिष्टार कार्यालयमा सरुवा गरिएको छ ।
नासु दामोदर तिम्सिना मन्त्रालयबाट केन्द्रीय कारागार, लक्ष्मीदत्त पन्त लघु घरेलु तथा साना उद्योग केन्द्र, साबित्रा पन्थी सेज, अमरराज जोशी कम्पनी रजिष्टारबाट मन्त्रालय, हस्तबहादुर शाही बाणिज्यबाट मन्त्रालयमा पुर्याइएका छन् ।
त्यसैगरी गोविन्दप्रसाद पराजुृली, तारानाथ निरौला, बिनिता काफ्ले बाणिज्य बिभागबाट उद्योग बिभागमा सरुवा भएका छन् ।
विशेष आर्थिक क्षेत्र(सेज)का नासु राजकुमार भुसाल र कृष्ण शर्मा उद्योग मन्त्रालय र कम्पनी रजिष्टारमा पुगेका छन् । उद्योग बिभागका कम्प्युटर अप्रेटर गौतम कुँवर र खेमबहादुर दुरा मन्त्रालयमा र गायत्री शर्मा खानी बिभागमा खटिएका छन् ।
उद्योग बिभागका कम्प्युटर अप्रेटरहरु उषादेवी चापागाई मन्त्रालय, लघु घरेलुका सन्तोष घिमिरे उद्योग बिभाग, बाणिज्य बिभागका पप्पुबहादुर गुरुङ, कैलाश मादेन, रोमिशा राई उद्योग बिभागमा सरुवा गरिएका छन् ।
कम्प्युटर अप्रेटर अंगजीत बुढा मन्त्रालयबाट लघु घरेलु, शेरबहादुर बयक कम्पनी रजिष्टारबाट बाणिज्य बिभाग, बिनोद चौधरी कम्पनी रजिष्टारबाट बाणिज्य, सुनिल चौलागाई मन्त्रालयबाट बाणिज्य, हरि आचार्य मन्त्रालयबाट कम्पनी, मिठु खड्का उद्योग मन्त्रालयबाट बाणिज्य बिभागमा पुगेका छन् । करनबहादुर बिक, दिवस राई र अर्चना कार्की खानी बिभागबाट कम्पनी रजिष्टार कार्यालयमा सरुवा भएका छन् ।
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
काठमाडौँ। सरकारले महिला निजामती कर्मचारीलाई महिनावारी/रजश्वला बिदा दिने भएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रतिनिधि सभामा दर्ता गराएको सङ्घीय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend