काठमाडौं । उद्योग बिभागमा लामो समय कार्यरत रहेका इन्जीनीयरहरुको सरुवा भएको छ ।
उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले बिभागमा कार्यरत निशेष महर्जनलाई गुणस्तर तथा नापतौल बिभाग, कृष्णबहादुर सोडारीलाई खानी बिभाग, तथ्यांक अधिकृत विनोदप्रसाद रेग्मीलाई मन्त्रालय, तथ्यांक सहायक टीकाराम वस्तीलाई लघु घरेलु तथा साना उद्योग प्रबद्र्धन केन्द्र र लघु घरेलुका मनोजराज भट्टराईलाई उद्योग बिभागमा पठाइएको छ ।
त्यसैगरी उद्योग मन्त्रालयमा लामो समय कार्यरत मेकानिकल इन्जीनीयर शुभेच्छा सापकोटा र गुणस्तर तथा नापतौल बिभागका इन्जीनीयर रमेश सुतिहारको उद्योग बिभागमा सरुवा भएको छ ।
खानी तथा भूगर्भ बिभागका मेकानिकल इन्जीनीयर सन्तोष कोइरालालाई उद्योग मन्त्रालयमा लगिएको छ । उद्योग मन्त्रालय र मातहतका निकायबाट ठूलो संख्यामा शाखा अधिकृतहरुको समेत सरुवा भएको स्रोत बताउँछ । उद्योग बिभागका शाखा अधिकृत एकनाथ बाँस्तोलाको उद्योग मन्त्रालयमा सरुवा भएको छ । उनी अढाइ बर्षदेखि बिभागको अनुमति शाखामा कार्यरत थिए ।
यसैबीच, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले ठूलो संख्यामा कर्मचारी सरुवा गरेको छ । तिहारको सम्मुखमा गरिएको सरुवा छठसम्म पनि गुपचुप राखिएको छ, सार्वजनिक गरिएको छैन । उद्योग बिभागबाट ठूलो संख्यामा नायबसुब्बा, कम्प्युटर अप्रेटर, शाखा अधिकृत÷इन्जीनीयरहरुको सरुवा मन्त्रालय र मातहतका निकायमा गरिएको छ ।
बिभागको ट्रेडमार्क शाखामा कार्यरत नायबसुब्बा गंगाकुमारी केसीलाई खानी बिभाग, बिदेशी लगानी शाखाका नायबसुब्बा मोहनप्रसाद देवकोटालाई खानी बिभागमा लगिएको छ ।
त्यसैगरी नासुहरु उदयराज पौडेल, कमलप्रसाद निरौला, सुन्दर प्रजापती मन्त्रालयमा र सरस्वती श्रेष्ठलाई सेजमा पठाइएको छ । नासु नेत्रबहादुर राउतलाई बाणिज्य बिभागमा सरुवा गरिएको छ ।
त्यसैगरी, मन्त्रालयबाट नासुहरु मिराकुमारी बस्नेत, राधाकृष्ण कोइराला, बिनु राउतलाई मन्त्रालयबाट कम्पनी रजिष्टार कार्यालयमा सरुवा गरिएको छ ।
नासु दामोदर तिम्सिना मन्त्रालयबाट केन्द्रीय कारागार, लक्ष्मीदत्त पन्त लघु घरेलु तथा साना उद्योग केन्द्र, साबित्रा पन्थी सेज, अमरराज जोशी कम्पनी रजिष्टारबाट मन्त्रालय, हस्तबहादुर शाही बाणिज्यबाट मन्त्रालयमा पुर्याइएका छन् ।
त्यसैगरी गोविन्दप्रसाद पराजुृली, तारानाथ निरौला, बिनिता काफ्ले बाणिज्य बिभागबाट उद्योग बिभागमा सरुवा भएका छन् ।
विशेष आर्थिक क्षेत्र(सेज)का नासु राजकुमार भुसाल र कृष्ण शर्मा उद्योग मन्त्रालय र कम्पनी रजिष्टारमा पुगेका छन् । उद्योग बिभागका कम्प्युटर अप्रेटर गौतम कुँवर र खेमबहादुर दुरा मन्त्रालयमा र गायत्री शर्मा खानी बिभागमा खटिएका छन् ।
उद्योग बिभागका कम्प्युटर अप्रेटरहरु उषादेवी चापागाई मन्त्रालय, लघु घरेलुका सन्तोष घिमिरे उद्योग बिभाग, बाणिज्य बिभागका पप्पुबहादुर गुरुङ, कैलाश मादेन, रोमिशा राई उद्योग बिभागमा सरुवा गरिएका छन् ।
कम्प्युटर अप्रेटर अंगजीत बुढा मन्त्रालयबाट लघु घरेलु, शेरबहादुर बयक कम्पनी रजिष्टारबाट बाणिज्य बिभाग, बिनोद चौधरी कम्पनी रजिष्टारबाट बाणिज्य, सुनिल चौलागाई मन्त्रालयबाट बाणिज्य, हरि आचार्य मन्त्रालयबाट कम्पनी, मिठु खड्का उद्योग मन्त्रालयबाट बाणिज्य बिभागमा पुगेका छन् । करनबहादुर बिक, दिवस राई र अर्चना कार्की खानी बिभागबाट कम्पनी रजिष्टार कार्यालयमा सरुवा भएका छन् ।
काठमाडौं । गृहमन्त्रालयले २३ उपसचिव र सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले उपसचिव र सहसचिवको सरुवा तथा पदस्थापनसँगै केही जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा। अञ्जना सिंह र रजिस्ट्रारमा प्रा। रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् । उपकुलपतिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा...
काठमाडौं । भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च व्यवस्थापन समूहको बिहीबारको बैठकले बसी रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार...
काठमाडौँ । नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा.सुप्रभात श्रेष्ठ नियुक्त भएका छन् । उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद...
काठमाडौं । मधेश प्रदेश सरकारका प्रमुख सचिव शोभाकान्त पौडेलले कार्यभार सम्हाल्नासाथ प्रदेशभर अनियमित रुपमा काजमा कार्यरत कर्मचारीहरुलाई दरबन्दीमा पठाउने अभियान सुरु गरेका छन् । मधेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend