काठमाडौं । उद्योग बिभागका निर्देशक सुनिलकुमार यादवले उद्योगमै नगई राजस्वसँग सम्बन्धित ‘नम्स’ पास गर्ने गरेका छन् । तत्कालीन महानिर्देशक राजेश्वर ज्ञवालीका पालामा योजना, अनुगमन तथा औद्योगिक तथ्याङ्क शाखाको निर्देशक बनाइएका यादवले उद्योगीहरुसँग आफैं डिल गर्ने र डिल मिलेपछि फिल्डमै नगई उद्योगको नम्र्स पास गर्ने गरेको आरोप छ । जबकि उद्योगमै गएर निरीक्षण गरेर मात्र ‘नम्स’ पास गर्नुपर्छ ।
यावदले उद्योगसँग डिल नमिलेमा नम्स पूरा गरेको भएको भए पनि दुःख दिने गरेका छन् । यादवको शाखा अन्तर्गत तथ्यांक अधिकृतका रुपमा पुष्प शिवाकोटी र मेकानिकल इन्जीनीयर रमेश सुतियार कार्यरत छन् । तर उनीहरुलाई थाहा नदिई नम्र्सको अन्तिम रुप दिने काम यादव आफैंले गर्ने गरेका छन् । उनी आफैं कम्प्युटरमा बसेर उद्योगमै नगई नम्स महानिर्देशककोमा पेश गर्ने गरेका छन् ।
नम्र्स राजस्वसँग जोडिएको बिषय हो । नम्र्स घटीबढी हुँदा त्यसले राजस्वमा ठूलो फरक पर्ने गरेको छ । तसर्थ फिल्डमै नगई उद्योगीसँग सेटिङ गरी यादवले नम्स पास गर्दैआएको आरोप छ । यसअघिका महानिर्देशक ज्ञवालीसँग सेटिङ मिलाएर उद्योगहरुको नम्र्स पास गर्दैआएका यादवले वर्तमान महानिर्देशक जितेन्द्र बस्नेतलाई समेत प्रभावमा पारी त्यसलाई निरन्तरता दिन सफल हुँदैआएका छन् । अन्य कर्मचारीहरुको बारेमा भए नभएका चुक्ली लाउँदै डीजीको नजिक हुँदैआएका छन् यादव । यादवले फिल्डमै नगई नम्स पास गर्दा लिने गरेको दररेट डीजीलाई समेत बुझाएकाले नम्र्स सहजै पास हुने गरेको छ ।
केही दिनअघिमात्र कालिका रिफाइनरी प्रा.लि. गैंडाकोटको नम्स पनि दररेट लिएर उद्योगमै नगई पास गरिएको छ । यादवले कालिका रिफाइनरीको उद्योगको उत्पादन प्रक्रियाका बारेमा निरीक्षण गर्नुपर्नेमा पाइलासमेत नटेकी सो उद्योगले जे पेश गर्यो त्यही पास गरेको आरोप छ ।
कालिका रिफाइनरीले सनफ्लावर, सोयाबिन र तोरीको तेलको प्रशोधन र उत्पादन गरी कारोबार गर्दै आएको छ । कालिका रिफाइनरीका संचालक दीपकप्रसाद सापकोटा, मदन सापकोटा र कुसुम कँडेल सापकोटासँग दररेट लिएर उद्योगमा आफू र मातहतका कर्मचारीलाई नपठाई नम्स पास गरेको आरोप यादवमाथि लागेको छ ।
त्यसैगरी कमलकिशोर मालपानीको यशोदा फुड्स प्रालिको नम्स बनाउँदा पनि यादवले कुस्त लाभ लिएको आरोप छ । यशोदा फुड्सले करेन्ट र लाली चाउचाउ उत्पादन गर्दैआएको छ । जुन चाउचाउ गुणस्तरहीन र अखाद्य भनी बजारबाट फिर्ता गर्न खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागले केही दिनअघि मात्र निर्देशन दिएको छ । तर जुन ब्याचका चाउचाउ फिर्ता गर्न भनिएको छ, फिर्ता नै नगरी गुपचुप रुपमा मिलाउन मालपानी लागिपरेका छन् ।
योजना शाखाको प्रमुखमा यादव आएपछि एक उद्योगसँग एउटा नम्र्स सम्बन्धी फाइलको २ देखि ४ लाख रुपैयाँ घुस कारोबार हुने गरेको छ । उद्योगको प्रकृति अनुसार घुस लेनदेनको दररेट तोकिएको छ । यादव योजना शाखाको प्रमुख भएपछि ५० भन्दा बढी उद्योगका नम्सका फाइल पास भएका छन् ।
निजामती प्रशासनमा प्रथम श्रेणीका कर्मचारीमा सेटिङ कलामा ज्ञवाली अग्रपंक्तिमा आउने नाम हो । काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत हुँदा होस् वा भौतिक पूर्वाधार मन्त्रालयमा हुँदा होस् पर्ने ज्ञवालीको सेटिङका गाथा धेरै छन् ।
उनै ज्ञवाली उद्योग बिभागमा गएपछि सेटिङ जानेका यादवलाई नै योजनामा लगेका थिए । उद्योगीहरुसँग सेटिङमा काम गर्दैआएका यादव प्रायः महानिर्देशककै कार्यकक्षमै मात्र भेटिने गरेका थिए र छन् । महानिर्देशकलाई अरु कर्मचारीबिरुद्ध चुक्ली लगाएर नजिक हुने र समन्वय नै नगरी उद्योगका नम्सका फाइल लाभका आधारमा पास गर्ने गरिएको छ ।
उद्योग बिभागका सबै निर्देशकहरुको समूहले सिफारिस गरेपछि मात्र महानिर्देशकले उक्त नम्सलाई सदर गर्ने प्रचलन रहिआएकोमा थियो । तर महानिर्देशकमा राजेश्वर ज्ञवाली आएपछि उनी र सुनिल यादवको मिलेमतोमा यो अभ्यास हटाइयो । र, यादवको मात्र सिफारिसमा महानिर्देशकले सदर गर्ने अभ्यास सुरु गरिएको थियो । जुन वर्तमान महानिर्देशक बस्नेतका पालामा पनि निरन्तर छ ।
उद्योगको नम्स जस्तो संवेदनशील बिषय यादवको एक्लौटी र स्वार्थका आधारमा हुँदैआएको छ । महानिर्देशक र यादवबाहेक अरुलाई नम्सका बारेमा कुनै जानकारी नै नदिई अपारदर्शी रुपमा स्वीकृत गर्ने गरेको बिभाग स्रोत बताउँछ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend