काठमाडौं । नेपाल राष्ट्रबैंकको गभर्नर पद रिक्त भएको २ महिनासम्म पनि सरकारले नियुक्ति गर्न सकेको छैन । सत्तारुढ दल नेपाली कांग्रेसले राष्ट्रबैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर नियुक्त गर्नका लागि प्रस्ताव गर्यो । तर निमित्त गभर्नरको जिम्मा पाएकी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाले उनको राजीनामा नै स्वीकृत नगरेपछि गभर्नर नियुक्ति अवरुद्ध हुँदैआएको छ ।
भट्टको नियुक्ति हुन नसकेपछि कांग्रेस–एमालेबीच खटपट सुरु भएर सरकार नै तलमाथि हुने हल्ला पनि चल्यो । तर भारत–पाकिस्तान युद्धका कारण सरकार तलमाथि हुने कुरा तत्काललाई टरेको अनुमान पनि राजनीतिक बजारमा गरिएको छ । भट्टपछि निमित्त गभर्नर निलमका नाताले काका पर्ने र बिनोद चौधरीको नबिल बैंकबाट राजीनामा दिएका ज्ञानेन्द्र ढुंगाना गभर्नरको दौडमा लागे ।
उनलाई गभर्नर बनाउन परराष्ट्रमन्त्रीसमेत रहेकी डा. आरजु राणालाई चौधरीले ठूलो रकमको प्रलोभन दिएको चर्चा पनि चल्यो । तर प्रधानमन्त्री केपी शर्मा ओली ज्ञानेन्द्रप्रति सकारात्मक नहुँदा चौधरीको योजनाले साकार रुप लिन सकेन । ढुंगानालाई पनि बनाउन नसकेपछि कांग्रेसले डा. विश्व पौडेललाई गभर्नरमा अगाडि सारेको छ । उनलाई गभर्नर सिफारिस समितिको सदस्यबाटै राजीनामा दिन लगाएर काग्रेस सभापति शेरबहादुर देउवाले गभर्नरमा प्रस्ताव गरेका छन् । डा. पौडेललाई गभर्नरमा अगाडि सारेपछि सर्वोच्च अदालतमा उनका बिरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।
योग्यता र नैतिकता दुबै हिसाबले डा. पौडेल गभर्नरमा अयोग्य पात्र हुन् । राष्ट्रबैंकको गभर्नरका लागि मौद्रिक र बित्तीय नीति पढेको अर्थशास्त्रको ज्ञाता हुनुपर्ने ब्यवस्था छ । तर डा. पौडेलले कृषि(एग्रीकल्चर)मा पीएचडी गरेका हुन् । उनले प्राकृृतिक स्रोत र श्रम बिषयका विज्ञ हुन् । मौद्रिक र बित्तीय नीति उनको बिषय नै होइन ।
उनले लेख्ने लेख पनि ऐतिहासिक पृष्ठभूमि र बिषयमात्र हुने गरेका छन् । राष्ट्रबैंकको गभर्नर मौद्रिक अर्थशास्त्र र नीति बुझेको हुनुपर्छ । मूलरुपमा अर्थशास्त्र बिषय नै अध्ययन गरेको हुनुपर्नेमा पौडेलको त्यो बिषय कहिल्यै पढेनन् ।
तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारका अर्थमन्त्री जनार्दन शर्माले आर्थिक बर्ष २०७९–०८० को बजेट बनाउँदा विश्व पौडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्षका हैसियतमा प्रत्यक्ष सहभागी थिए । उनी सधैं बिहान अर्थमन्त्रालयको बजेट लेखन टीमसँग प्रत्येक शीर्षकको छलफलमा उपस्थित हुन्थे । त्यस बर्ष बजेट निर्माणमा संलग्न अर्थमन्त्रालयका एक अधिकारीले भने–बजेट निर्माणका क्रममा त्यतिबेला हरेक दिन पौडेलले हरेक दिन र्याडिसन होटलदेखि बसेराको कफी र ब्रेकफाष्ट माग गर्ने गर्थे । बजेटमा इनपुट दिनेभन्दा पनि तारे होटलका महंगा खाना मगाएर खान बढी तल्लीन हुने गरेको आरोप उनीमाथि लाग्ने गरेको छ ।
बजेट लेखनमा संलग्न कर्मचारीहरुका अनुसार उनले खासै बजेटमा इन्पुट दिने गर्दैनथे । उनको बाहिर भएको चर्चा अनुसारको विज्ञता नरहेको देखिन्थ्यो । प्रमुख कुरा सोही बर्षको आर्थिक ऐन ल्याउँदा करका दर हेरफेरका कारण पछि विदेशी मुद्रा अभाव, बैंकमा तरलता अभावको परिणाम देखिएको थियो । त्यही बर्ष मध्यरातमा करका दर हेरफेर गर्ने काम विवादित नायबसुब्बा रघुनाथ घिमिरेले गरेकोमा धेरै ठूलो विवाद भयो । मध्यरातमा सुब्बा अर्थमन्त्रालय प्रवेश गरेको सीसीटीभीको तार मुसाले काटेको बिषय अहिलेसम्म चर्चामा छ ।
काठमाडौं । नेपालको निजामती प्रशासनमा जब ऐन–नियम र कानुन परिवर्तनको समय आउँछ, एक समूहलाई ठूलो ठेक्का खुल्छ । बि.स. २०४९ मा नियमावली परिवर्तन गर्दा...
काठमाडौं । विराटनगरस्थित कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चन्द्रभाल झा अस्पतालको सेवा सुधारका लागि अहोरात्र लागिरहेका छन् । उनको सम्पूर्ण प्रयास अस्पतालमा आउने...
काठमाडौँ। अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०८३/८४ देखि सञ्चालनमा ल्याएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत भदौ महिनाको नतिजा आज घोषणा गरिने भएको छ। आन्तरिक राजस्व...
सुयोग शर्मा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बिपद ब्यवस्थापन सम्बन्धी बृहत् छलफल संवाद कार्यक्रम मिनी कुम्भमेला आयोजना गरिएको थियो । जसमा पूर्व महानिर्देशक, सचिव, पूर्व...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सचिव डा. विकास देवकोटाको आडमा मन्त्रालयमा बर्षौदेखि रजगज गर्दैआएका, सेटिङ र डिलिङमा संलग्न कर्मचारीहरुलाई सरुवा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend