काठमाडौं । दुर्गा प्रसाईले एनआईसी एशिया बैंक कुनै पनि बेला सहकारीमा परिणत हुन लागेको अभिब्यक्ति दिएपछि उक्त बैंकमा बचत फिर्ता गर्ने निक्षेपकर्ताको भीड लाग्न थालेको छ ।
एनआईसी एशिया बैंकले सहकारीले जस्तै अनेक स्कीमको प्रलोभनसहित बचतकर्ताको निक्षेप जम्मा गर्न सफल हुँदैआएको छ । बालसंगठनको जग्गा कौडीको मूल्यमा ३० बर्षसम्मलाई लिजमा लिएको बिशाल ग्रुपका अध्यक्ष तुल्सीराम अग्रवालहरुको ठूलो हिस्सा सेयर रहेको बैंक संकटग्रस्त भएको प्रचार भएपछि एनआईसी एशिया बैंकका सीईओ रोशन न्यौपाने नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको शरणमा पुगेका छन् ।
सीईओ न्यौपानेकै प्रभावमा परी राष्ट्रबैंकका गभर्नर अधिकारीले एनआईसी एशियाको प्रवक्ताजस्तो भएर बचाउमा मंगलबार विज्ञप्ति नै निकालेका छन् । राष्ट्र बैंकले एनआईसी एशियाको पक्षमा विज्ञप्ति निकाले पनि भाषामा भने सबै बैंकमा बचत सुरक्षित भएको उल्लेख गरेको छ ।
दुर्गा प्रसाईतिर लक्षित गर्दै राष्ट्रबैंकले पछिल्लो समय केही व्यक्ति तथा समूहले भ्रामक अभिव्यक्ति दिँदै दुष्प्रचार गरिरहेको भन्दै त्यसमा केन्द्रीय बैंकको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति जारी गर्नुमा एनआईसी एशिया बैंककै प्रभाव परेको सहजै अनुमान गरिएको छ ।
एआईसी एशिया बैंकका सीईओ न्यौपाने हरेक दिन गभर्नरको कार्यालयमा बास बसी विज्ञप्ति जारी गराउन सफल भएका छन् । तर एनआईसी बैंकको अवस्था भने गीतेन्द्रबाबु राईको सूर्यदर्शन बचत तथा ऋण सहकारी बन्ने खतरा छ । एनआईसी एशियाको धेरै ठूलो रकम विशाल ग्रुपको स्वार्थमा लगानी गरिएकाले जोखिममा रहेको छ । दिनदिनै पत्रपत्रिकामा निकालिएका लिलामीका सूचनाले पनि एनआईसी एशिया बैंकको खराब कर्जा जोखिममा परेको र बैंकको अवस्था संकटमा छ भन्ने दर्शाउँछ ।
बिशाल ग्रुपको स्वार्थमा जथाभावी कर्जा प्रवाह गर्दा पनि राष्ट्र बैंकले समयमै लगाम लगाउन नसकेकाले उक्त बैंक भित्रभित्रै खोक्रो हुन थालेको छ । जुन कुराको सूचना दुर्गा प्रसाईले पाएरै सहकारी बन्न लागेको अभिब्यक्ति दिएका थिए ।
‘बैंक पनि साथी पनि’ नारा दिएर निक्षेप आकर्षित गर्दैआएको एनआइसी एसिया बैंकले त्यसको ठीक उल्टो काम गर्दैआएको छ । उक्त बैंकले साथीको भन्दा पनि पहिलाका गाउँघरका सूदखोरको ब्यवहार देखाउने गरेको महसुस ऋणीहरुले गर्ने गरेका छन् ।
सस्तो ब्याजको लोभ देखाउने, ऋण दिइसकेपछि क्रमशः बृद्धि गर्दै महंगो बनाएर ऋणीलाई मर्नु न बाँच्नुको अवस्थामा पुर्याएका धेरै दृष्टान्त छन् । एनआईसी एशिया बैंकले ४० लाख ऋण दिएका ऋणीसँग ६ महिना किस्ता नबुझाउनासाथ ४ करोडको धितो घरजग्गा हतार हतार लिलाम गर्ने गरेको छ । कौडीको मूल्यमा लिलाम गरेको घरजग्गा बैंकका संचालक र तिनका आफन्तलाई सकार्न लगाउने गरिएको राष्ट्रबैंकले छानबिन गरेमा खुल्नेछ । लिलामीका घरजग्गा संचालकका आफन्तहरुलाई लिलाम सकार्न लगाउने गरिएका दृष्टान्त राष्ट्रबैंकले छानबिन गर्दा पनि प्रष्ट हुनेछ ।
हुन्डी कारोबारमा एनआईसी एशिया बैंक
एनआईसी एशिया बैंक हुन्डी कारोबारमा संलग्न रहेको पाइएको छ । बैंकका अध्यक्ष तुल्सीराम अग्रवालमाथि नै दुबई र भारतमा हुन्डीमार्फत् रकम लैजाने गरेको आरोप छ । ललितपुर महानगरपालिका वडा नम्बर २० को २० क कि.नं ५ को क्षेत्रफल ३ रोपनी ७ आना जग्गा २०७४ पुस १८ गते र.नं. २३१३(क) राजीनामाको लिखतबाट हक हस्तान्तरण हुँदा उक्त राजीनामाको लिखतमा उल्लेख भएको रकम रु ३२ करोड रुपैयाँ २०७४ पुस १७ गते नै हुण्डीबाट भारत लगायतका अन्य देशमा गएको उजुरी सरकारका विभिन्न निकायमा परेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्रोतबाट नेपालफेसलाई प्राप्त उजुरीमा उक्त जग्गा अल्कानन्द सेन गुप्ता, लिपीसेन गुप्ता र उर्मीसेन गुप्ताले भाइराजा अवालेलाई बिक्री गरेका थिए । गुप्ता भारतको पश्चिम बंगालका भएको र बेलायतमा बस्दैआएका थिए ।
अल्कासेन गुप्ताका वारिस अमृतकुमार केसीले ललितपुर जिल्ला अदालतमा निवेदनसहित रु र्२ करोड ३ लाख ४ हजार ८ सय ३६ रुपैयाँ नगद नै जम्मा गरेको ललितपुर जिल्ला अदालतको धरौटी रसिदबाट देखिएको अवस्था छ । उक्त रकम बरिष्ठ अधिबक्ता हरिहर दहाल र अधिबक्ता युवराजकुमार भण्डारीको संयुक्त अफिसबाट नगद नै जम्मा भएको देखिएको छ ।
र.नं १३२३ (क) दिने अल्कानन्द सेन गुप्ता, लिपीसेन गुप्ता, उर्मीसेन गुप्ता र लिने भाइराजा अवाले, कृष्ण अवाले, राम अवाले, श्यामकाजी अवाले, केदार अवालेसमेत भएको राजीनामा लिखतमा उल्लेखित रकम ३२ करोड रुपैयाँ जग्गाधनीहरुका नाममा जुनसुकै बैंकको गुड फर पेमेन्ट चेक पेश गरी जग्गा राजीनामा गरी लिनुपर्नेमा उक्त मितिमा मालपोत कार्यालय ललितपुरका रजिष्ट्रेशन फाँटका कर्मचारीसँग मिलोमतो गरी डोरमार्फत् जग्गा राजीनामा गरी लिएका थिए । राजीनामा गरी लिएको उक्त जग्गाको ३२ करोडको हकमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको नर्मल चेक अर्थात् एसी चेकबाट
जग्गाधनी वाहेकका पशुपतिसेन गुप्ता र विश्वसेन गुप्ताका नाममा चेक जारी गरिआएको अवस्थाले गर्दा नेपालराष्ट्र बैंकले जारी गरेको नीतिनिर्देशन विपरीत जग्गा राजीनामा पारित भए गरेको देखिन्छ ।
२०७४ पुस १९ गते ललितपुर महानगरपालिका वडा नं २० क कि.नं.५ को ३ रोपनी ७ आना जग्गा एनआइसी एसिया बैंक धनी र भाइराजा अवाले समेत ५ जना ५ ऋणी भई मालपोत कार्यालय ललितपुरको र.नं. १४८७ क बाट रु. २१ करोड २५ लाख रुपैयाँमा धितोबन्धक पारित भएको तर उक्त रकम भाइराजा अवाले लगायतका जग्गाधनीका नाममा रकम जम्मा नगरी सिधै बैंकिङ सिस्टम मिलाई पशुपति सेन गुप्ता र विश्वसेन गुप्ताका नाममा रकम दाखिला गरिएको थियो ।
२०७४ पु्स १८ मा पारित भएको राजीनामा लिखतमा उल्लेखित रकम रु. ३२ करोड नेपालका कुनै पनि बैंकहरुमा साविक जग्गाधनी अल्कानन्द सेन गुप्ता,, लिपी सेन गुप्ता, उर्मीसेन गुप्तासमेत जना ३ का नाममा दाखिला भएको रेकर्ड कहीँतै भेटाउन नसकिएकाले हुन्डीमार्फत् भारत र बेलायतमा पठाइएको राष्ट्रबैंक र सीआईबीजस्ता निकायले अहिले अनुसन्धान गर्दा पनि खुलासा हुनेछ । एनआईसी एशिया बैकले हुन्डी कारोबार गर्ने गरेको यो एक उदाहरण हो, यस्ता धेरै हुन्डीका कारोबार बैंकका अध्यक्ष तुल्सीराम अग्रवालहरुले गरेको फेलापर्ने स्रोत बताउँछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि बिभिन्न निकायमा एनआईसी एशिया बैंकबाट हुन्डी कारोबार भएको प्रमाणसहित उजुरी परेको छ । तर एनआईसीको अबैध हुन्डी कारोबारमा कतैबाट पनि छानबिन हुन सकेको छैन ।
२० करोडको ऋण दिएर अरबको जग्गा हडपियो
एनआईसी एशिया बैंकले ओरेन्टल सहकारीका संचालक सुधीर बस्नेतको काठमाडौंको धापासीमा रहेको २४ रोपनी भन्दा बढी जग्गा धितो राखेर २० करोड ऋण दिएको थियो । बस्नेतले ११ बर्षअघि धापासीमा रहेको २४ रोपनी ४ आना जग्गा र एक नमूना घर धितो राखी एनआइसी बैंकबाट २० करोड रुपैयाँ ऋण लिएका थिए । अरब मूल्य पर्ने जग्गा र घर बैंकले लिलाम गरी आफ्नै कार्यालय संचालन गर्दैआएको छ ।
एनआईसी एशिया बैंकले ब्याज रकमसहित उक्त घरजग्गा जम्मा रु. २२ करोड ५४ लाखमा सकारेको थियो । चक्रपथबाट दुई किलोमिटर दूरीमा २० फिटे ग्राभेल बाटोले छोएको धापासीको उक्त ३८८ आना जग्गाको मूल्य १ अर्ब हाराहारीमा पुगिसकेको छ । आवास सम्बन्धी जाँचबुझ आयोगले ०७१ सालमै उक्त सम्पत्तिलाई करीब रु. ३६ करोड न्यूनतम आधार मूल्य मानी लिलाम बढाबढ गर्नुपर्ने उल्लेख गरेको थियो । तर एनआईसीले २२ करोड ५४ लाखमा लिलाम सकार्नुले पनि बैंकको ज्यादति छर्लङ्ग हुन्छ ।
बैंकले अरब मूल्य पर्ने जग्गा हडपेको भन्दै सुधीर बस्नेतले सर्वोच्च अदालतमा लिलाम बदरको माग गर्दै मुद्दा दायर गरेका थिए । सुरुमा सर्वोच्च अदालतले निस्सा दिएन । तर चोलेन्द्रशमशेर राणा प्रधानन्यायाधीश नियुक्त भएपछि सर्वोच्चले निस्सा दियो ।
सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारी (हाल अवकाश) ले २०७७ मंसिर ९ मा एनआइसी बैंकले गरेको उक्त जग्गा लिलामी बदर गर्ने आदेश दिएका थिए । तर एनआईसी एशिया बैंकका अध्यक्ष तुल्सीराम अग्रवालले अदालत सेटिङ गरी उक्त आदेशका बिरुद्ध पुनरवलोकन गराई पेशी सारेको सार्यै छन् । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका भाइ प्रभुसँग सेटिङ गरी उक्त जग्गा लिलाम बदर गर्ने निर्णय कार्यान्वयन हुन दिइएको छैन ।
शाखा बन्द गर्न राष्ट्रबैंकमा निवेदन
बैंकले निरन्तर रुपमा प्रकाशित गरिरहेको विज्ञप्तिले पनि बैंक संकटमा पुगेको छ । बैंकले विभिन्न शाखा बन्द गर्न राष्ट्र बैंकमा निवेदन पनि दिएको छ । शाखा नै बन्द गर्ने अवस्थामा पुग्नु पनि बैंक संकटमा परेको हो भन्ने देखाउँछ ।
एनआईसी एशिया बैंकमा हुने गरेको घोटालाबारे राष्ट्र बैंकमा उजुरीको चाङ छ । आवासीय कर्जामा उच्च वृद्धि देखिएपछि राष्ट्र बैंकले अनुसन्धान पनि थालेको छ ।
काठमाडौं । नेपालको निजामती प्रशासनमा जब ऐन–नियम र कानुन परिवर्तनको समय आउँछ, एक समूहलाई ठूलो ठेक्का खुल्छ । बि.स. २०४९ मा नियमावली परिवर्तन गर्दा...
काठमाडौं । विराटनगरस्थित कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चन्द्रभाल झा अस्पतालको सेवा सुधारका लागि अहोरात्र लागिरहेका छन् । उनको सम्पूर्ण प्रयास अस्पतालमा आउने...
सुयोग शर्मा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बिपद ब्यवस्थापन सम्बन्धी बृहत् छलफल संवाद कार्यक्रम मिनी कुम्भमेला आयोजना गरिएको थियो । जसमा पूर्व महानिर्देशक, सचिव, पूर्व...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सचिव डा. विकास देवकोटाको आडमा मन्त्रालयमा बर्षौदेखि रजगज गर्दैआएका, सेटिङ र डिलिङमा संलग्न कर्मचारीहरुलाई सरुवा...
काठमाडौ । आकर्षक मानिने उपत्यकाका नापी कार्यालयमा थमौती हुन र सरुवा हुन दुई प्रमुख नापी अधिकृत (उपसचिव)ले अस्वभाविक चलखेल गरेको पाइएको छ । उपत्यकाका नापी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend