Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पौडेलले गभर्नर सिफारिस समिति सदस्यबाट राजीनामा दिए


    आइतबार, बैशाख २८ २०८२
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रबैंकको गभर्नर सिफारिस समितिबाट डा. विश्व पौडेलले राजीनामा दिएका छन् । उनले आजै समितिका संयोजक तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई राजीनामा बुझाएका हुन् ।

    नेपाली कांग्रेसले गभर्नरमा पौडेललाई नियुक्तिका लागि सिफारिस गर्न प्रस्ताव गरेपछि उनले समितिको सदस्यबाट राजीनामा दिएको बताइएको छ ।

    यसअघि गुणाकर भट्टलाई गभर्नर बनाउन लागेको कांग्रेसले उनको राजीनामा स्वीकृत गर्न निमित्त गभर्नर निलम ढुंगाना तिम्सिनाले अस्वीकार गरेपछि पौडेललाई बनाउने निर्णयमा पुगेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार