नेपाल राष्ट्रबैंक
काठमाडौं । नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्ति गर्न सरकार असफल देखिएको छ । नेपाली कांग्रेस–एमालेको दुईतिहाई सरकारले राष्ट्रबैंकको गभर्नर रिक्त भएको ४ दिन बितिसक्दा पनि नियुक्ति गर्न सकेको छैन । सत्तारुढ दलका दुई शीर्षनेता कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानन्त्री केपी शर्मा ओलीबीचमै सहमति हुन नसकेपछि गभर्नर नियुक्ति सोमबारको मन्त्रिपरिषद बैठकले समेत गर्न सकेन ।
गभर्नर नियुक्तिमा बिचौलियाकोे चलखेल यतिसम्म बढेको छ कि कांग्रेस र एमालेबीच नै खटपट निम्तिएका समाचार आइरहेका छन् । कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओली बिचौलियाकै सेटिङमा राष्ट्रबैंक बाहिरका वा उमेरले ६५ बर्ष नेटो काटिसकेका पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री वा रविन्द्र पाण्डेलाई नियुक्ति गर्ने दाउमा थिए । तर चौतर्फी बिरोध भएपछि उनीहरु राष्ट्रबैंकभित्रैका उच्च कर्मचारीमध्येबाट बनाउनुपर्ने बाध्यतामा पुगेको बताइन्छ । प्रधानमन्त्री ओली आफ्नै गृहजिल्ला झापाकी निलम ढुंगाना तिम्सिनालाई बनाउने पक्षमा पुगेका छन् भने देउवा गुणाकर भट्टलाई बनाउनुपर्ने अडानमा छन् ।
राष्ट्रबैंकको गभर्नर नियुक्ति गर्न प्रधानमन्त्री ओली र अर्थमन्त्री बिष्णु पौडेल असफल भएको टिप्पणी पूर्वअर्थमन्त्री तथा राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनीले गरेका छन् । उनी सामाजिक संजालमा लेख्छन्–‘नेपालका अर्थमन्त्री कानुन बमोजिम राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न असफल भइसके । अर्थमन्त्री ऐन बिपरीत काम गर्नु आफ्नो बहादुरी सम्झेर पदमै बसिरहेका छन् ।
आफैंले आफ्नो पक्का मान्छे भनेर नियुक्त गरेका उपकुलपति केशरजंग बरालले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिबाट राजिनामा दिनुभयो । निष्पक्ष काम गर्न उनलाई दिइन ।
प्रधानमन्त्री अब के गर्ने भनेर निर्णय गर्न सक्तैनन् । क्षमता र ‘अग्रगमन’ को यो भन्दा ठूलो उदाहरण के होला ?’
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौँ। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज (शुक्रबार)बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। यसअघि उनले...
काठमाडौँ। सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकले गरेका प्रमुख निर्णयबारे जानकारी दिएका हुन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend