Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • यी २० निर्माण व्यवसायी र आपूर्तिकर्ता परे कालोसूचीमा


    शनिबार, कार्तिक २२ २०८३
    85
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।

    कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो । ‘विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी २०वटा कम्पनीलाई कालोसूचीमा राखिएको हो ।

    ती कम्पनीहरूलाई एक वर्ष ६ महिनादेखि दुई वर्षसम्मका लागि कालोसूचीमा राखिएको सार्वजनिक सूचनामा उल्लेख छ ।

    कालोसूचीमा राखिएका निर्माण व्यवसायीरआपूर्तिकर्ताहरूले उक्त सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कार्यमा भाग लिन नसक्ने कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार