काठमाडौं । सरकारले उद्योग प्रयोजनका लागि दिएको हदबन्दी छुटको दुरुपयोग गर्दै खरिद गरिएका पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालका नाममा रहेका देशभरका जग्गा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोक्का गरेको छ ।
काभ्रे जिल्लाको ८ सय १५ रोपनी जग्गा हिनामिना गरी प्लटिङ गरी बिक्री गरेको भेटिएपछि अख्तियारले पतञ्जलीका नाममा रहेका सम्पूर्ण जग्गा रोक्का गर्न देशभरका मालपोत कार्यालयलाई पत्राचार गरेको छ । काभ्रे, पर्सा, बारा, रौतहट लगायतका जिल्लामा रहेका पतञ्जलीका जग्गाहरु रोक्का गरिएको हो ।
पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई उद्योग सञ्चालन गर्न भनी हदबन्दी छुट दिएको ८ सय १५ मध्ये ३ सय ५३ रोपनीभन्दा बढी जग्गा अपचलन गरेको पाइएपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो । हदबन्दी छुटमा खरिद गरेको ३ सय ५३ रोपनी जग्गा प्लटिङ गरी बिक्री बितरण गर्न सरकारबाटै स्वीकृति लिएको पाइएपछि अख्तियारले जग्गा रोक्का राखेको हो ।
बनेपा नगरपालिकाभित्र पर्ने साँगा, नासिकास्थान र महेन्द्र ज्योति (चलाल गणेशस्थान) मा पतञ्जलीले ८ सय १५ रोपनी जग्गा खरिद गरेको थियो ।२०६६ माघ १८ मा तत्कालीन सरकारले पतञ्जलीलाई आयुर्वेदिक विश्वविद्यालय, अनुसन्धान केन्द्र, योगशाला, आयुर्वेदिक औषधि उद्योग, जडीबुटी खेती, गाई फार्मलगायत चलाउन काभ्रेमा हदबन्दी छुटमा ८ सय १५ रोपनी जग्गा किन्न स्वीकृति दिएको थियो । खरिद गरेको केही समयमै २०६६ चैतमा भूमिसम्बन्धी कानुन बिपरीत सरकारले मन्त्रिपरिषद्बाट निर्णय गराएर जग्गा बेच्न अनुमति दिएको हो ।
भारतीय योगगुरु रामदेवको नाममा रहेको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी बालकृष्ण आचार्य, शालिग्राम सिंह, राजेन्द्र सिंह र उमेश सर्राफको नाममा दर्ता रहेको छ । उद्योगका लागि हदबन्दी छुटमा खरिद गरेको जग्गा प्लटिङ गरी बिक्री गर्ने कार्यमा मुख्यतया शालिग्राम सिंह संलग्न रहेकाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गएको असारमा उनलाई पक्राउ गर्ने तयारी गरेपछि उनी फरार भएका थिए । पछि बिचौलियामार्फत् मिलाएर सेटिङ गरी उनी पक्राउ पर्नबाट जोगिंदैआएका छन् । पतञ्जलीले उद्योग खोल्न हदबन्दीको जग्गा छुटमा लिएर हिनामिना गर्ने मुख्य दोषी सिंहलाई पक्राउ गर्न सीआईबीले खुट्टा कमाउँदैआएको छ ।
बृहत्तर जनकपुर परिषदको अध्यक्ष हुँदा यात्री निवासको जिम्मा दिनेदेखि गाडी भाडामा लिंदा होस्, अनेक कीर्ते धन्दामा उनी मुछिएका छन् । बृहत्तर जनकपुरको फाइलमा गहन अनुसन्धान हुने हो भने शालिग्राम सिंहका अनेक कीर्ते काण्डको फेहरिस्त नै अख्तियारले फेलापार्ने परिषदका एक कर्मचारी बताउँछन् । शालिग्राम सिंहजस्ता अति नै बदनाम पात्रलाई पतञ्जलीको हर्ताकर्ता बनाएर रामदेव र आचार्य बालकृष्णसमेत विवादमा तानिएका छन् । उद्योगको नाममा लिएको पतञ्जलीको जग्गा कागजमा एउटा र ब्यवहारमा अर्कै कारोबार गरी शालिग्राम सिंहले रामदेव र आचार्य बालकृष्णलाई नेपालमा विवादमा ल्याएका हुन् । पतञ्जली नेपालमा उद्योग खोल्न होइन, हदबन्दीको जग्गा लिने त्यसलाई प्लटिङ गरी मुनाफा आर्जन गर्न आएको संस्थाका रुपमा चिनिएको छ ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend