Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • ब्राजिलको राष्ट्रपतिमा लुला चौथो पटक निर्वाचित


    सोमबार, कार्तिक १० २०८३
    75
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

    आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो बोल्सोनारोलाई पराजित गर्दै चौथो कार्यकालका लागि डा. सिल्भा पुनः निर्वाचित भएका हुन् । निर्वाचन अधिकारीहरूले उनको विजयको औपचारिक घोषणा गरेका हुन् ।

    सन १९८८ मा प्रजातन्त्र पुनःस्थापना भएयता पहिलो चरणमा पछि परेका उमेदवारले दोस्रो चरणमा पुनरागमन गर्दै राष्ट्रपति निर्वाचन जितेको यो पहिलो घटना भएको बताइएको छ ।

    ब्राजिलको निर्वाचन आयोगका अनुसार ९८ प्रतिशतभन्दा बढी मतगणना हुँदा लुलाले ५१.७५ प्रतिशत मत प्राप्त गरेका छन् ।

    फ्ल्याभियो बोल्सोनारोले ४८.२५ प्रतिशत मत पाएका छन । कडा प्रतिस्पर्धाबीच लुलाले दोस्रो चरणमा निर्णायक अग्रता हासिल गरेका हुन् ।

    निर्वाचन अधिकारीहरूले मतगणना सम्पन्न भएपछि लुलाको जित पुष्टि गरेका छन । लुलाले दोस्रो चरणको मतदानमा ५१ प्रतिशत भन्दा बढी मत पाएर विजयी भएका हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार