काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगमा सरुवा गरेर सोही दिन बढुवा भएका बुढालाई केन्द्रमा पदस्थापन गर्ने निर्णय गरेको हो ।
योजना आयोगका सचिव रविलाल पन्थ अवकाशमा गएपछि रिक्त रहेको पदमा बराललाई केन्द्रमा बहाली भएको तीन दिनमै सरुवा गरिएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रको इतिहासमा मात्र होइन, नेपालको प्रशासनिक इतिहासमा समेत पाँच महिनामा पाँचौं सचिवका रुपमा बहाली भएर चक्रबहादुर बुढाले नयाँ रेकर्ड कायम गर्ने भएका छन् । बिगतमा प्राविधिक सचिव रहने ब्यवस्था रहेको केन्द्रमा प्रशासन समूहको सचिव बन्ने ब्यवस्था भएपछि पहिलो पटक भूपाल बराल केन्द्रमा खटिएका थिए । तर तीन दिन नबित्दै उनको सरुवा योजना आयोगमा भयो । प्रदेशमा पदस्थापन गर्नुपर्ने बुढालाई केन्द्रमा लगियो ।
पाँच महिनाअघि प्राबिधिक समूहका सरजुकुमार बैद्य केन्द्रको सचिव पदमा कार्यरत थिए । उनी करिब २ बर्ष केन्द्रमा रहे । उनको सरुवा लगत्तै दिनानाथ मिश्र केन्द्रमा सरुवा भए । उनी पनि एक महिनामै केन्द्र छाडेर विज्ञान, प्रबिधि तथा नवप्रबर्तन मन्त्रालयमा मिलाएर गए ।
त्यसपछि खानेपानी मन्त्रालय खारेज भएपछि फाजिलमा परेका विश्वबाबु पुडासैनीलाई सरकारले केन्द्रमा पठाइयो । उनी पनि एक महिना नबित्दै सरुवा भई सार्वजनिक खरिद अनुगमन कार्यालय कार्यालयमा पुगे ।
पुडासैनीपछि भूपाल बराललाई प्रदेशबाट सरुवा गरी केन्द्रमा ल्याइयो । उनी हाजिर भएको तीन दिनमै सरुवा भएका छन् । जसको स्थानमा बुढा आइपुगेका छन् । उनी सोमबार केन्द्रमा हाजिर हुने बताइएको छ ।
मिश्र, पुडासैनी र बरालले केन्द्रको ब्रिफिङ नियमित काममा नफर्किंदै सरुवामा परेका छन् भने सोमबार हाजिर हुन लागेका बुढा पनि कति घन्टा वा दिनमा सरुवा हुनेहुन् भन्दै सतर्कताका कर्मचारीहरु ब्यंग्य गर्न थालेका छन् ।
केन्द्रको कामको स्थायित्वका लागि कर्मचारीको नेतृत्व छोटो समयमा पटक पटक फिल्मी शैलीमा परिवर्तन भइरहँदा कार्यरत कर्मचारीको मनोबल गिर्दो अवस्थामा छ भने प्रधानमन्त्री कार्यालयलाई नियमित रुपमा गर्नुपर्ने प्रगतिसम्बन्धी ब्रिफिङ नराम््रोसँग प्रभावित हुन पुगेको छ ।
नियमित कामकारबाही प्रभावित हूँदा केन्द्रमा उजुरीको चाङ लागेको छ । सरकारको चेपुवामा परेको केन्द्रलाई प्रभावकारी बनाउनका लागि सरकारले चाल्दैआएका नराम्रोसँग प्रभावित भएका छन् ।
काठमाडौं । आयुर्वेद बिभागमा १ दशकभन्दा बढी समय आकर्षक महाशाखामा कार्यरत रही अवकाश पाएका डा. (कविराज) मुनकर्ण थापा सिंहदरबार बैद्यखाना विकास समितिको अध्यक्षमा नियुक्त...
काठमाडौं । मधेश प्रदेशको आपूर्ति केन्द्रबाट भएको स्वास्थ्य सामग्री खरिदको छानबिन गर्न मुख्यमन्त्री र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव नै बाधक बनेका छन् । मधेश...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । अवकाशपछि पनि बिभिन्न आर्थिक तथा राजनीतिक मुद्दा सेटिङ गरेको सूचनापछि पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सरकारले गएको असोज ११ गते राति एक दिन नियन्त्रणमा...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह सुशासनका पक्षमा कटिबद्ध देखिन्छन् । उनी आफ्ना सल्लाहकारदेखि आफन्तैले गल्ती गरे पनि छाड्ने पक्षमा छैनन् । तर, सुशासनकै उपहास...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend