काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको विधानबिपरीत गठन गरिएको विशालकुमार भण्डारी नेतृत्वको तदर्थ समिति र जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको विधानलाई सर्वोेच्च अदालतले खारेज गरिसकेको छ ।
सर्वोच्चले बिधान खारेज गरिदिएपछि आफ्नो कुत्सित नियत पूरा हुने नदेखेर भण्डारी समूहलले निर्वाचित प्रदेश र जिल्ला शाखाहरुलाई विघटन गर्दै रास्वपा कार्यकर्ता भर्ति गर्न शुरु गरेको छ ।
रास्वपाको यसअघिको केन्द्रीय कार्यसमितिको केन्द्रीय सदस्य रहेका भण्डारीले रेडक्रसमा पार्टीका कार्यकर्ता भर्ति गर्न धमाधम शाखा बिघटन गर्न लागेको आरोप छ । रेडक्रसमा राजनीतिकरणको बिरोधमा बोल्दै र लेख्दैआएका भण्डारी अहिले धमाधम शाखा बिघटन गर्दै रास्वपा भर्ति गर्न लागेपछि उनको कथनी एउटा करनी अर्कै देखिएको छ ।
रेडक्रसको तदर्थ समितिले प्राप्त कार्यादेश बिपरीतका कार्यहरू गर्न थालेपछि बिधान बमोजिम ४० प्रतिशत भन्दा बढी सभासदले विशेष महाधिवेशनको माग गर्दै भदौ ४ गते केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएका छन् ।
रास्वपा समर्थित तदर्थ समितिले विधान मान्ने हो भने २१ दिनभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने हुन्छ । नबोलाएमा सभासदहरुको बहुमत उपस्थितिले आवश्यक निर्णय गर्दै निर्वाचनसम्म गर्नसक्ने सुविधा विधानले दिएको छ । त्यस्तो अवस्था आएमा नेपालमा दुईवटा रेडक्रस सोसाइटी हुनेछन् ।
वर्तमान तदर्थ समितिको गलत निर्णयका कारण विभिन्न अदालतमा ५ वटा मुद्दा परिसकेका छन् ।
काठमाडौँ। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा पेश गरेको निवेदनमा त्रुटि भएको भन्दै फिर्ता लगेका छन्। शुक्रबार दिउँसो...
पोखरा । प्रधानमन्त्री बालेन शाह कास्कीको माच्छापुच्छ्रे गाउँपालिका–६ अस्तामस्थित अन्नपूर्ण ईको भिलेज रिसोर्ट पुगेका छन् । उनी आज पोखरा हुँदै अस्ताम पुगेका हुन् । उनी...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय सदस्यमा ११ जना मनोनीत भएका छन्। पार्टी कार्यालयमा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले परराष्ट्रमन्त्रीसमेत रहेका शिशिर खनालसहित ११...
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आइतबार ९७ भदौ०मा प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । प्रदेशसभा सचिव रामकुमार पौडेलले सूचना जारी गर्दै...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवक्तामा जगदीश खरेल (ललितपुर)मनोनीत भएका छन्। उनी सुशीला कार्की नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री थिए। ललितपुर क्षेत्र नं. २ बाट...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend