नुवाकोट । नुवाकोटमा प्रहरीले नदी किनार तथा आसपासका क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले चीनतर्फ बाँध फुटेको सूचना आएकाले नदी किनारका बासिन्दाहरुलाई सतर्क रहनका लागि आग्रह गरेका छन् ।
रसुवातर्फबाट फेरि बाढी आउन सक्ने सूचना प्राप्त भएपछि प्रहरीले विदुर क्षेत्रमा माइकिङ गर्दै प्रहरीले नदी नजिक नजान र सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई आग्रह गरेको हो ।
प्रहरीले चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगमस्थलनजिक बनेको ठूलो ताल फुटेको जानकारी दिँदै ‘नदी नजिक नजानुहोस्, अग्लो र सुरक्षित स्थानमा बस्नुहोस्’ भन्दै सर्वसाधारणलाई सचेत गराएको छ ।
छोचेन खोला र पुरेपू त्साङ्पो नदी चीनको तिब्बत स्वायत्त क्षेत्रमा उद्गम भई बग्ने नदी हुन् । नेपाल प्रवेश गरेपछि यी नदी भोटेकोशी–त्रिशूली नदी प्रणालीमा गाभिन्छन् ।
बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको थियो। चीनको जलस्रोत मन्त्रालयले आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने अनुमान गरेको थियो ।
सम्भावित बाँध फुट्ने जोखिमलाई मध्यनजर गर्दै चीनको जलस्रोत मन्त्रालयले तालको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको थियो ।
यसअघि भदौ १० गते भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति गरेको थियो ।
रसुवासहितका क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला चीनतर्फ बनेको तालसमेत फुटेको खबर आएपछि तल्लो तटीय क्षेत्रमा थप जोखिम बढेको छ ।
रसुवा विनाशकारी बाढीका कारण ज्यान गुमाउनेहरूको सङ्ख्या ४६९ पुगेको छ । गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले आज बिहान सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार ९७७ जना अझै बेपत्ता छन् ।
बाढीबाट हालसम्म १३० जना घाइते भएका छन भने एक हजार ९७६ जनाको उद्धार गरिएको छ ।
यसैगरी विपद् प्रतिकार्यका लागि देशभर ९,४०५ सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा नेपाली सेनाका ४,२४३, नेपाल प्रहरीका ३,३१८ र सशस्त्र प्रहरी बलका १,८४४ जना खटिएका छन् । उद्धार कार्यका लागि नेपाली सेनाका ६ वटा र निजी क्षेत्रका ९ वटा गरी जम्मा १५ वटा हेलिकप्टर प्रयोग भइरहेका छन् ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend