Nepal Face
  • शुक्रबार, १२ भाद्र २०८३
  • तिब्बततर्फ ताल फुट्यो, सुरक्षित रहन प्रहरी प्रशासनको आग्रह


    शुक्रबार, भाद्र १२ २०८३
    60
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • नुवाकोट । नुवाकोटमा प्रहरीले नदी किनार तथा आसपासका क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले चीनतर्फ बाँध फुटेको सूचना आएकाले नदी किनारका बासिन्दाहरुलाई सतर्क रहनका लागि आग्रह गरेका छन् ।

    रसुवातर्फबाट फेरि बाढी आउन सक्ने सूचना प्राप्त भएपछि प्रहरीले विदुर क्षेत्रमा माइकिङ गर्दै प्रहरीले नदी नजिक नजान र सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई आग्रह गरेको हो ।

    प्रहरीले चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगमस्थलनजिक बनेको ठूलो ताल फुटेको जानकारी दिँदै ‘नदी नजिक नजानुहोस्, अग्लो र सुरक्षित स्थानमा बस्नुहोस्’ भन्दै सर्वसाधारणलाई सचेत गराएको छ ।

    छोचेन खोला र पुरेपू त्साङ्पो नदी चीनको तिब्बत स्वायत्त क्षेत्रमा उद्गम भई बग्ने नदी हुन् । नेपाल प्रवेश गरेपछि यी नदी भोटेकोशी–त्रिशूली नदी प्रणालीमा गाभिन्छन् ।

    बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको थियो। चीनको जलस्रोत मन्त्रालयले आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने अनुमान गरेको थियो ।

    सम्भावित बाँध फुट्ने जोखिमलाई मध्यनजर गर्दै चीनको जलस्रोत मन्त्रालयले तालको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको थियो ।

    यसअघि भदौ १० गते भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति गरेको थियो ।

    रसुवासहितका क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला चीनतर्फ बनेको तालसमेत फुटेको खबर आएपछि तल्लो तटीय क्षेत्रमा थप जोखिम बढेको छ ।

    रसुवा विनाशकारी बाढीका कारण ज्यान गुमाउनेहरूको सङ्ख्या ४६९ पुगेको छ । गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले आज बिहान सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार ९७७ जना अझै बेपत्ता छन् ।

    बाढीबाट हालसम्म १३० जना घाइते भएका छन भने एक हजार ९७६ जनाको उद्धार गरिएको छ ।

    यसैगरी विपद् प्रतिकार्यका लागि देशभर ९,४०५ सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा नेपाली सेनाका ४,२४३, नेपाल प्रहरीका ३,३१८ र सशस्त्र प्रहरी बलका १,८४४ जना खटिएका छन् । उद्धार कार्यका लागि नेपाली सेनाका ६ वटा र निजी क्षेत्रका ९ वटा गरी जम्मा १५ वटा हेलिकप्टर प्रयोग भइरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार