भक्तपुर । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयकै निर्देशनअनुसार निर्वाचन सम्पन्न गरेको भक्तपुर जिल्ला शाखाको कार्यसमिति भंग गरी नयाँ तदर्थ समिति गठन गरिएको भन्दै विवाद उत्पन्न भएको छ ।
भक्तपुर जिल्ला शाखाका पदाधिकारीहरूले केन्द्रीय कार्यालयले २०८० कात्तिक २२ गते पठाएको पत्रमा जिल्ला शाखाको निर्वाचन गर्न निर्देशन दिएको र त्यसपछि २०८० माघ १० गते अर्को पत्र पठाएर निर्वाचन अधिकृतसमेत तोकी २०८० फागुन मसान्तभित्र निर्वाचन सम्पन्न गर्न पत्राचार गरेको रेडक्रस केन्द्रले हाल निर्वाचन नै बैधानिक नभएको भन्दै अर्को समिति गठन गर्नु अचम्म भएको जानकारहरू बताउँछन् ।
उक्त निर्देशनअनुसार भक्तपुर जिल्ला शाखाले २०८० फागुन ७ गते नै निर्वाचन सम्पन्न गरेको थियो । केन्द्रले तोकेको समय सीमाभित्रै निर्वाचन सम्पन्न हुँदाहुँदै अहिले माघ मसान्तभित्र निर्वाचन नगरेको भन्ने आधार देखाएर जिल्ला समिति भङ्ग गरिनु भक्तपुर रेडक्रसलाई डुबाउने खेल भएको जानकारहरू बताउँछन् ।
जिल्ला शाखाका पदाधिकारीहरूका अनुसार हाल भक्तपुरमा समानान्तर समिति सक्रिय रहेको अवस्थामा केन्द्रीय कार्यालयले निर्वाचित जिल्ला कार्यसमिति भङ्ग गरी अर्को तदर्थ समिति गठन गरेको छ । उनीहरूले यस निर्णयलाई केन्द्रकै पूर्व निर्देशनसँग बाझिने र विधि तथा प्रक्रिया विपरीत भएको बताएका छन् ।
भक्तपुर जिल्ला शाखाका सरोकारवालाले केन्द्रले आफैँ दिएको निर्देशनअनुसार सम्पन्न भएको निर्वाचनलाई बेवास्ता गर्दै समिति भङ्ग गर्नु अन्यायपूर्ण भएको भन्दै निर्णय पुनर्विचार गर्न माग गरेका छन् ।
यस्तै भक्तपुरमा निर्वाचन पश्चात् पनि केन्द्रले अर्को समिति बनाएर पठाएको भन्दै २०८० मा नै रेडक्रस कब्जा गर्न आएका टोलीले हाल रेडक्रस कब्जा गरेको अवस्था रहेको छ । न कुनै समितिमा सक्रिय भएर कार्य गरेका न वडादेखि नगर हुँदै प्रतिनिधि आएर निर्वाचित भएका उनीहरूबाट रेडक्रसले कुनै अपेक्षा गर्न नसक्ने जानकारहरू बताउँछन् ।
सत्ता र शक्तिका भरमा भक्तपुर रेडक्रस कब्जा गर्नुको सट्टा नियमित प्रक्रियाबाट रेडक्रसमा निर्वाचित भएर आएको भए उत्तम हुने थियो । मानवीय सेवामा सक्रिय रेडक्रसमा भएका अश्व भाविक क्रियाकलापले रेडक्रस भक्तपुरको भविष्य खतरामा परेको छ ।
रास्वपा जिल्ला सदस्य थापा भक्तपुर रेडक्रस तदर्थ समितिका सभापति
भक्तपुर जिल्ला रेडक्रसको बैधानिक समिति भंग गरी तदर्थ समितिको सभापति बनाइएका रामेश्वर थापा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का भक्तपुर जिल्ला कमिटी सदस्य रहेको खुलेको छ ।

रेडक्रसको केन्द्रीय तदर्थ समितिका संयोजक विशालकुमार भण्डारीले रेडक्रस कब्जा गरी रास्वपाको भर्तिकेन्द्र बनाउने अभियानको थालनी रास्वपाका जिल्ला सदस्य थापालाई सभापति बनाई भक्तपुरबाट गरेका छन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend