काठमाडौं । चिनीको सिजन सुरु भएको छ । ऊखु उद्योगहरुले क्रसिङ सुरु गरिसकेका छन् । तर बजारमा भने चिनीको कृत्रिम अभाव देखाएर सिजनमै उपभोक्तालाई चर्को मूल्यमा खरिद गर्न बाध्य बनाइएको छ । ९० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्यमा बजारमा चिनीको बिक्री बितरण भइरहेको छ ।
सिजनमा प्रतिकेजी ८० रुपैयाँ भन्दा बढी मूल्यबृद्धि नहुने अनुमान गरिए पनि उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको अकर्मन्यता र बाणिज्य विभाग सानातिना ब्यवसायीलाई कारबाही गर्नमै तल्लीन रहेका कारण मनोमानी ढंगले चिनी उद्योगहरुले मूल्य कायम गरेका हुन् । बाणिज्य विभागले गर्दैआएको बजार अनुगमन ठप्प जस्तै छ । विभागले बजार अनुगमन दशैंतिहारमा मात्रै गर्ने र अरुबेला चिरनिद्रामा सुत्ने गरेको छ ।
नेपालमा १० वटा उद्योगहरुले चिनी उत्पादन गर्दैआएका छन् । कैलालीको भागेश्वर, कन्चनपुरको महाकाली, नवलपरासीको इन्दिरा र बागमती, सर्लाहीको इन्दुशंंकर र रिलायन्सले चिनी उत्पादन गर्दैआएका छन् ।
त्यसैगरी रौतहटको बाबा बैंजु, धनुषाको एभरेष्ट र हिमालयन, बिराटनगरको इष्टर्न चिनी मीलले ऊखु क्रसिङ गरिसकेका छन् । वासुलिङ, लुम्बिनी, मोहिनी, श्रीराम चिनी उद्योग बन्द छन् भने सरकारी स्वामित्वको बीरगंज अहिले अस्तित्वमै छैन । सर्लाहीको अन्नपूर्ण सुगर मिल ३ बर्षअघि बन्द भएको थियो ।
शैलेश गुप्ता र विनोद साहको संयुक्त लगानी रहेको उक्त चिनी मिलले ऊखु किसानको बक्यौता करोडौं तिर्न बाँकी छ भने बैंकको ऋण अरब भन्दा माथि छ । अहिले विनोद साहले उक्त कम्पनीबाट अलग भएर नयाँ चिनीमिल संचालन गर्न खोजेपछि गुप्ताले गतहप्तामात्र ऊखु क्रसिङ सुरु गरी ३ बर्षदेखि बन्द रहेको उद्योग संचालन गर्ने प्रक्रिया अगाडि बढाएको बताइन्छ ।
बर्दियाको राजापुर सुगर मिल स्थापनाका लागि प्रक्रिया अगाडि बढाइएको छ । आधा दर्जन चिनी उद्योग बन्द भएका र संचालनमा रहेका उद्योगहरुले पनि पूर्ण क्षमतामा चिनी उत्पादन गर्न नसकेका कारण चोरी तस्करीबाटै आयात भएको चिनीले नेपाली बजार धान्दैआएको छ ।
उद्योगबाट उत्पादित चिनी बजारमा नआउँदै स्टक उठाउने काम पनि उद्योगीहरुले नै गरेका कारण चिनीको मूल्यबृद्धि भएको हो । चिनी उत्पादक संघका अध्यक्ष शशीकान्त अग्रवालले संचालन गरेको हिमालयन र एभरेष्ट चिनी मिलले उत्पादन गरेको चिनी बजारमा छाडिएको छैन ।
कार्टेलिङ गरी मूल्यबृद्धि गराउने र त्यसपछि मात्रै चिनी बजारमा पठाउँदैआएका शशीकान्तले यसपटक पनि त्यही प्रबृत्ति अपनाएका छन् । अरु उद्योगले उत्पादन गरेको चिनीलाई अग्रवालसहितका ब्यापारीले स्टक गर्न थालेका छन् । बीरगंजका अनिल रुंगटाले २ हजार मेट्रिक टन चिनी उद्योगबाटै उठाएर स्टक गरेका छन् ।
भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि खुल्ला सिमानाको फाइदा उठाउँदै चोरी तस्करीबाट करोडौंको चिनी भित्रिरहँदा राजस्व अनुसन्धान विभागको नेतृत्व भने तस्करीहरुबाटै लाभ लिई अनदेखा गर्दैआएको छ ।
सीमानाकामा मोटरसाइकल, साइकल र ठेलागाडा र पोका बोक्नेहरुले दैनिक रुपमा हजारौं किलो चिनी ल्याउने, नेपालतर्फ गोदाम गर्ने र त्यही चिनी सीमा क्षेत्रमा रहेका चिनी उद्योगहरुमा लाने र नेपाली उत्पादन लेखिएको बोरामा प्याक गरी बिक्री बितरण हुँदैआएको छ । त्यसले गर्दा करोडौंको राजस्व एकातिर गुमिरहेको छ भने अर्कोतिर नेपाली ऊखुले मूल्य नपाउँदा कृषकहरु पेशाबाटै पलायन हुने क्रम बढेको छ ।
भारत सरकारले नेपाललाई दिएको यस बर्षको कोटा अन्तर्गत २५ हजार मेट्रिक टन चिनी सरकारले ब्यवसायीहरुलाई बितरण गरेको छ ।
उद्योग मन्त्रालयले गएको पुस ५ गते उद्योग विभागलाई एक हप्ते परिपत्र गर्दै इच्छुक ब्यवसायीहरुको निवेदन संकलन गरी पठाउन परिपत्र गरेको थियो । गोप्यरुपमा गरिएको उक्त परिपत्रका बारेमा धेरै ब्यवसायीहरुले जानकारी नै नपाएका कारण पाँच ब्यवसायीहरुलाई दामासाहीले कोटा बितरण गरेको छ । चिनी कच्चा पदार्थको रुपमा प्रयोग गर्न इच्छुक उद्योगहरुबाट माग गरिएको उक्त प्रस्तावमा चिसो पेय पदार्थ उत्पादन गर्ने उद्योग बोटलर्स नेपाल र बरुण बेभरेजले बढी कोटा लगेका छन् ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend