काठमाडौँ । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारीहरूले शिष्टाचार भेटघाट तथा विदेश भ्रमणका क्रममा प्राप्त गरेका उपहार राज्यकोषमा दाखिला गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ।
न्यायाधीश डा.मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासले सार्वजनिक पदाधिकारीले हालसम्म प्राप्त गरेका उपहारको एकमुष्ट विवरण तयार गरी वेबसाइट वा अन्य उपयुक्त माध्यमबाट सार्वजनिक गर्न आदेश दिएको हो।
सार्वजनिक पदाधिकारीले विभिन्न भेटघाट तथा विदेश भ्रमणमा प्राप्त गरेका उपहार सरकारीकरण गर्नुपर्ने मागसहित दायर रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उपहार व्यवस्थापनलाई पारदर्शी र व्यवस्थित बनाउन सरकारलाई निर्देशन दिएको हो।
सबै उपहारको एकीकृत विवरण सार्वजनिक गर्नू
सर्वोच्चले सार्वजनिक पदाधिकारीहरूले हालसम्म प्राप्त गरेका उपहारको एकीकृत विवरण तयार गर्न सरकारलाई आदेश दिएको छ।
त्यस्तो विवरण सर्वसाधारणले सहजै हेर्न सक्ने गरी सम्बन्धित निकायको वेबसाइट वा अन्य माध्यमबाट सार्वजनिक गर्नुपर्ने आदेशमा उल्लेख छ।
अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार उपहारको विवरण सम्बन्धित निकायमा पेस नगर्ने पदाधिकारीको कानुनी दायित्वसमेत निर्धारण गर्न सरकारलाई निर्देशन दिइएको छ।
आफैँ राख्न चाहे मूल्य तिर्नुपर्ने
सर्वोच्चले सार्वजनिक पदाधिकारीले प्राप्त गरेको उपहार आफैँसँग राख्न चाहेको अवस्थामा उपहारको वर्गीकरण गरी न्यूनतम मूल्य निर्धारण गर्न आदेश दिएको छ।
न्यूनतम मूल्यभन्दा बढी पर्ने उपहार आफैँ राख्न चाहे सम्बन्धित पदाधिकारीले सरकारबाट खरिद गर्नुपर्ने कानुनी व्यवस्था कार्यान्वयन गर्न पनि निर्देशन दिइएको छ।
यसैगरी, सार्वजनिक पदाधिकारीले आफैँ राखेको उपहार करयोग्य आय हुने वा नहुने विषय स्पष्ट रूपमा निर्धारण गर्नुपर्ने आदेशमा उल्लेख छ।
कानुनी रिक्तता तत्काल पूर्ति गर्न निर्देशन
सार्वजनिक पदाधिकारीले प्राप्त गर्ने उपहारको अभिलेख, मुल्यांकन, सरकारीकरण तथा सार्वजनिक विवरणसम्बन्धी विषयलाई व्यवस्थित गर्न आवश्यक कानुनी प्रबन्ध गर्न सर्वोच्चले निर्देशन दिएको छ।
यससम्बन्धी स्पष्ट कानुन निर्माण नहुँदासम्म कानुनी रिक्तता नरहने गरी तत्काल आवश्यक अन्तरिम व्यवस्था गर्न पनि सरकारका नाममा निर्देशनात्मक आदेश जारी भएको छ।
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend