काठमाडौं । रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी उद्धार कार्यमा सहजीकरण र प्राविधिक सहयोगका लागि कुलमान घिसिङ आफ्नो टोलीसहित आयोजनास्थल पुगेका छन् ।
नेपाली सेनाले सहजीकरणका लागि बोलाएपछि आफूहरु चिलिमे पुगेको घिसिङले बताए ।
‘सुरुङभित्रको उद्धार कार्य कसरी अगाडि बढाउने भन्ने विषयमा नेपाली सेनाको टोलीसँग घिसिङ र उनको टोलीले आवश्यक छलफल गरिसकेको छ । छलफल सकिएलगत्तै टोली अहिले कार्यस्थल (साइट) मोबिलाइज भइरहेको उनले जानकारी दिए ।
घिसिङसँग सो आयोजनास्थलमा पहिले चार वर्ष प्रत्यक्ष रुपमा बसेर काम गरेको अनुभव रहेको छ । यसबाहेक नेपाल विद्युत् प्राधिकरणमा रहँदा पनि आठदेखि नौ वर्ष सो क्षेत्रसँग सम्बन्धित भएर काम गरेका थिए । सोही लामो कार्यअनुभव र सुरुङको भौगर्भिक बनावटबारे जानकारी भएकाले सेनाले उनलाई छलफलका लागि बोलाएको हो ।
सुरुङभित्र अहिले जनशक्तिमार्फत (म्यानुअली) काम भइरहेको छ, भने एक्सकाभेटर प्रयोग गरेर उद्धार अगाडि बढाउने निर्णय भएको छ । कार्यस्थलमा एक्सकाभेटर पु¥याउने काम जारी रहेको र आज बेलुका वा भोलि बिहानसम्ममा सुरुङभित्र एक्सकाभेटर छिराएर काम तीव्र पारिने घिसिङले बताएका छन् ।
उद्धार कार्यलाई निरन्तरता दिन र सेनाको टोलीसँग सहकार्य जारी राख्नका लागि घिसिङ र उनको प्राविधिक टोली भोलिसम्म घटनास्थलमै रहने भएको छ ।
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend