Nepal Face
  • बुधबार, २४ भाद्र २०८३
  • ‘राज्य कहाँ छ?’भन्ने प्रश्न गर्नेलाई रवि लामिछानेको जवाफ: भग्नावशेष सुरुङभित्र नागरिकको प्राण खोजिरहेको छ 


    बुधबार, भाद्र २४ २०८३
    35
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले ‘राज्य कहाँ छ?’भन्ने प्रश्न उठाउनेहरूलाई राज्य भग्नावशेष सुरुङभित्र आफ्ना नागरिक खोजिरहेको बताएका छन्।

    बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले राज्य यतिबेला भग्नावशेष सुरूङभित्र आफ्ना नागरिकहरूको प्राण खोजिरहेको बताएका हुन्। उनले भने ,‘राज्यले केही गरेन,राज्य कहाँ छ भन्ने गुनासो सुनिरहेको छु। राज्य त्यो कहालीलाग्दो भग्नावशेष सुरुङभित्र आफ्ना नागरिक खोजिरहेको छ।’

    उनले सरकारले घाइतेहरूको उपचार,विस्थापित परिवारका लागि राहत तथा उद्धारका काममा प्रश्न गर्ने ठाउँ नरहेको बताए। सरकारले पीडितहरूको तत्कालीन आवश्यकता पूरा गर्न र सुरक्षाको जिम्मेवारी लिएको उनको भनाइ छ।

    ‘उनीहरूको तत्कालीन आवश्यकता र सुरक्षाको जिम्मेवारी राज्यले लिएको छ,’लामिछानेले भने।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार