Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाली उत्पादन प्रयोग गर्न उद्योग मन्त्रालयको निर्देशन


    सोमबार, फाल्गुन २२ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मातहतका कार्यालयहरुलाई नेपाली उत्पादन प्रयोग गर्न निर्देशन दिएको छ । सरकारले सबै सरकारी निकायले सम्भव भएसम्म नेपाली वस्तु प्रयोग गर्ने निर्णय गरेको भन्दै मन्त्रालयले मातहतका विभाग र संस्थानलाई यस्तो निर्देशन दिएको हो ।

    १२ फागुनमा बसेको केन्द्रीय अनुगमन समितिको बैठकको निर्णयअनुसार सबै सरकारी निकायमा सम्भव भएसम्म स्वदेशी वस्तुको उपयोग गर्न प्रबन्ध मिलाउने भन्ने निर्णय कार्यान्वयन गर्न मन्त्रालयको परिपत्रमा उल्लेख छ ।

    यसअघि नै मन्त्रालयले सबै सरकारी निकायले प्रयोग गर्ने स्टेशनरी, खाजाका परिकारदेखि खरिदका कार्यमा समेत स्वदेशी प्रयोगलाई प्राथमिकता दिने निर्णय गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार