काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् ।
कांग्रेस भक्तपुरले बुधबार १३३ औं बीपी जयन्तीको अवसरमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले सर्वोच्चबाट निस्सा पाएसँगै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका हुन् ।
निर्वाचन आयोगले दबाबमा विशेष महाधिवेशन पक्षधरलाई मान्यता दिएपछि आफूहरू सर्वोच्च गएको भन्दै देउवाले भने, ‘हामीले सर्वोच्चमा दियौं । सर्वोच्चले चुनाव भइसक्यो, के गर्ने ? पहिले भएको भए हुन्थ्यो भन्यो । अति भयो नि भनेपछि पुनरावलोकनमा गयौं । पुनरावलोकनले निस्सा दियो हामीलाई । निस्सा दिएपछि हाम्रो आधाभन्दा बढी विजय भइसक्यो ।’
विशेष अधिवेशन बोलाएपछि आफूहरूले मुद्दा हाले पनि निर्वाचन आयोगका पदाधिकारीले ‘ज्यानको खतरा’ देखाउँदै पार्टी अद्यावधिक गरिएको पनि देउवाले दाबी गरे ।
‘हामीले मुद्दा हाल्यौं निर्वाचन आयोगमा । निर्वाचन आयोगको अध्यक्ष (प्रमुख) ले ज्यानको खतरा भएकाले भनेको छ । बोलेको छ है हेर्नुस् त्यहाँ,’ उनले भने, ‘ज्यानको खतरा भएर गर्नुपर्यो भनेको उसले बोलेको छ । मैले भनेको होइन, सबैले सुनेको कुरो हो यो । ज्यानको खतरा, त्यत्रो त्रास । सिधा डरायो, त्यो निर्वाचन आयोगको प्रमुख ।’
देउवाले आफूहरूलाई पार्टीको आधिकारिकताबाट बञ्चित गर्ने प्रयास भइरहेको पनि आरोप लगाए । ‘अब अहिले पनि के गरेर हुन्छ, कसलाई भनेर हुन्छ, कुनै पनि हालतमा पुनरावलोकनबाट नेपाली कांग्रेसको आधिकारिकता हामीले पाउनुपर्ने कुरा रोक्ने कोसिस भइरहेको छ,’ देउवाले भने, ‘तर, हामी कुनै हालतमा मान्दैनौं ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले सर्वोच्चबाट आफूहरूलाई न्याय हुनेमा विश्वस्त रहेको पनि विचार गोष्ठीमा सुनाए ।
‘यिनीहरूले जतिसुकै धाएता पनि सर्वोच्च अदालतको मलाई विश्वास छ– जसरी निष्पक्ष रुपमा हामीलाई निस्सा दिएको छ त्यस्तै रुख चिन्ह, चारतारे झण्डा नेपाली कांग्रेसको हामीले पाउने छौं भन्ने विश्वास लिएको छु,’ उनले भने, ‘मलाई विश्वास छ, जति सुकै जे गरे पनि सर्वोच्चले न्याय दिने छ भन्ने विश्वास छ ।’
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend