Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा


    मंगलबार, फाल्गुन १५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय माध्यमिक विद्यालय लौकही, सुनसरीका तत्कालीन प्रधानाध्यापकसहित ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।​​

    विद्यालयमा अनुपस्थित भएको समयको समेत तलब भत्ता लिएको अभियोगमा प्रधानाध्यापक धनीलालसहित ​भोलि यादव, वीरेन्द्रप्रसाद यादव र शिक्षक बालेश्वर यादवविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    विद्यालयका प्राथमिक शिक्षक बालेश्वर यादवले आफू अध्ययन बिदामा बसेको अवधिको समेत तलब भत्ता सुविधा लिएको उजुरी आयोगमा परेको थियो ।

    सोही उजुरीका आधारमा अनुसन्धान गर्दा उनले ९१ दिनको फर्जी हाजिरी गरेर १ लाख ३० हजार ८४३ रुपैयाँ तलब भत्ताको लिएको पुष्टि भएको आयोगले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार