Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त


    सोमबार, कार्तिक १० २०८३
    70
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

    फिल्म निर्माता तथा लेखक समेत रहेका उनलाई आजै नियुक्तिपत्र दिने तयारी रहेको समेत उच्च स्रोतले जनाएको हो।

    सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष छनोटका लागि ३ जनाको सर्टलिस्ट पठाएको थियो।

    तीन सदस्यीय छनोट समितिले मनिष पण्डित्सहित नरेश पौडेल र निशा आधिकारीको नाम छनोट गरेर मन्त्रिपरिषद्‌मा पठाएको मन्त्रालयका सूचना अधिकारी रवीन्द्रप्रसाद पौड्यालले जानकारी दिएका थिए।

    सोही तीन जनाबाट पण्डितलाई नियुक्त गरिएको हो। पण्डितले यसअघि चलचित्र विकास बोर्डमा आबद्ध भइसकेका छन्। उनले सिनेमा हलहरुमा बक्स अफिस प्रणाली र इ(टिकेटिङ लागु हुँदा विज्ञरसल्लाहकारको रुपमा काम गरेका थिए।

    गत भदौ १३ गते निवर्तमान अध्यक्ष दिनेश डीसीको दुई वर्षे कार्यकाल सकिएको थियो। त्यसपछि मन्त्रालयले असोज १ गते बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार