Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बिहीबार


    सोमबार, कार्तिक १० २०८३
    25
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ ।

    केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न १५औं महाधिवेशनबाट निर्वाचित सभापतिबाहेकका पदाधिकारी र सदस्यहरूको सपथ ग्रहण समारोह बिहीबार गर्ने भएको हो ।

    निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बिहीबार दिउँसो २ बजे कांग्रेसको केन्द्रीय कार्यालयमा सपथ ग्रहण समारोह आयोजना गरिने जानकारी दिए

    निर्वाचन समितिले सोमबार सूचना प्रकाशित गरेर महाधिवेशनबाट निर्वाचन पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई सपथ ग्रहण समारोह उपस्थितिका लागि निमन्त्रण गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार