Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • उदयपुरमा ब्रेक फेल भएको जिप सडकबाट खस्दा १५ जना घाइते


    सोमबार, कार्तिक १० २०८३
    65
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

    कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

    ब्रेक फेल भएको जिप सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो।

    घाइतेहरूको उपचार कटारी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते कटारी-२ का ७१ वर्षीय राम बहादुर मगर भने थप उपचारको लागि विराटनगर रेफर भएका छन्।

    जिप चालक सामान्य घाइते छन्। उनलाई उपचार पश्चात नियन्त्रणमा लिएर दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार