Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नापी कार्यालय ललितपुरका सर्वेक्षकसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


    शुक्रबार, फाल्गुन ११ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नापी कार्यालय ललितपुरका सर्वेक्षकसहित ५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    अख्तियारले नापी कार्यालयमा कार्यरत सर्वेक्षक रामविर यादव, लेखापढी काम गर्ने दिनेश बन्जरा, विनोद अधिकारी, प्रदिप पौडेल, आशिषराज बस्नेत र बिचौलि दिनेश बन्जारावविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    अख्तियारको टोलीले नापी सर्भेक्षक यादव, लेखापढी व्यवसायी बन्जरा र अधिकारीलाई २ लाख ५० हजार घुससहित पक्राउ गरेकनो थियो ।

    जग्गा कित्ताकाँटगरी जग्गा धनी प्रमाण पूर्जा बनाउने प्रयोजनार्थ सेवाग्राहीसँग उनीहरूले घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारले अनुसन्धान शुरू गरेको थियो ।

    ५जनाउपर घुस लिई भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

    अख्तियारले नापी सर्भेक्षक यादवसहित ५ जनालाई २०८०।१०।०९ गते सेवाग्राहीबाट २ लाख ५० हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

    त्यस्तै सर्वेक्षक यादवले सेवाग्राहीसँग जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाण पूर्जा बनाई दिएवापत २ लाख ५० हजार घुस माग गरेकोमा उक्त घुस रकममध्ये जग्गा कित्ताकाट गर्ने गराउने प्रयोजनको लागि एक लाख ५० हजार रुपैयाँ रकम बिचौलिया विनोद अधिकारीलाई लिन लगाई लिएको अनुसन्धानबाट खुलेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार