Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • सांसदकै सुटकेस फुटाएर एयरपोर्टमा चकलेटको पोको चोरि भएपछि… 


    आइतबार, माघ २८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो सुटकेस फुटाएर चकलेटको पोको चोरि भएको गुनासो गरेकी छिन् । आइतबार प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष उनले उक्त्त गुनासो गरेकी हुन् ।

    आफन्तहरूकासाथ मलेसिया र सिंगापुर भ्रमण सकेर विमानस्थलमा सुटकेस लिने क्रममा सुटकेस फुटेको र चकलेट चोरी भएको अवस्थामा भेटिएको उनले उल्लेख गरिन् । सांसद प्रसाईंले भनिन्– ‘संसारको कुन एयरपोर्टमा यात्रुको सुटकेस फुटाइन्छ । तर नेपालको एयरपोर्टमा यसरी फुटाइँदो रहेछ ।’

    उनले सरकारको यस्ता घटनातर्फ ध्यानाकर्षण हुनुपर्नेमा जोड दिइन् । अध्यागमन विभाग र भन्सारका कर्मचारीलाई तालिम दिनुपर्ने अवस्था रहेको बताइन् । भारतबाट काठमाडौँ आउँदा आफूले साडी ल्याएको झोला जबरजस्ती खोतलेको तर आफूभन्दा माथिल्लो तहको सँगै रहेका व्यक्तिले धेरै सामान ल्याएपनि ती व्यक्तिमाथि कुनै जाँच नगरेको उल्लेख गर्दै एयरपोर्टमै यस्तो किन भयो भन्दै प्रश्न गरिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार