काठमाडौँ। सरकारले महिला निजामती कर्मचारीलाई महिनावारी/रजश्वला बिदा दिने भएको छ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रतिनिधि सभामा दर्ता गराएको सङ्घीय निजामती सेवा विधेयकमा यस्तो बिदा दिन प्रस्ताव गरिएको हो।
हाल प्रचलित निजामती सेवा ऐनमा यस्तो व्यवस्था छैन।
हाल निजामती कर्मचारीहरूले विभिन्न शीर्षकमा बिदा पाउने भए पनि महिनावारी हुँदा बिदा पाउने व्यवस्था छैन।
कर्मचारीहरूले अहिले भैपरी ६ दिन र पर्व बिदा ६ दिन गरी वर्षमा १२ दिन बिदा पाउने गरेका छन्। त्यसबाहेक घर बिदा वर्षमा एक महिना पाउँछन्। बिरामी बिदा वर्षमा १२ दिन पाउँछन्।
मातृत्व तथा प्रसूति बिदा महिलाले ९८ दिन पाउँछन्। तर महिलाले चाहेमा थप ६ महिनासम्म बेतलबी प्रसूति बिदा लिन सक्छन्। पुरुषले प्रसूति स्याहार बिदा १५ दिन पाउने गरेका छन्।
त्यसबाहेक मृत्यु संस्कार बिदा (किरिया बिदा) १५ दिन पाउँछन्।
कर्मचारीहरूले अध्ययन बिदा पनि पाउँछन्। तर यस्तो बिदा अध्ययन अवधिभरका लागि लागू हुनेछ।
त्यसबाहेक असाधारण बिदाको व्यवस्था पनि छ। कर्मचारीले सेवा अवधिमा नबढ्ने गरी तीन वर्ष यस्तो बिदा पाउँछन्। तर यस्तो बिदामा तलब पाउँदैनन्।
कर्मचारीहरूले बेतलबी बिदा पनि पाउँछन्। पति वा पत्नी विदेशस्थित नेपाली दूतावासमा वा नियोगमा खटिई गएमा त्यस्तो कर्मचारीले पाँच वर्षमा नबढ्ने गरी बेतलबी बिदा पाउनेछ
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप १ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । बिहीबार काठमाडौँ जिल्ला अदालतले साइबर ब्युरोलाई थप एक...
काठमाडौँ । निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ । बिहीबार प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसहित आयुक्तहरूको टोलीले राष्ट्रपति भवन शितलनिवासमा...
काठमाडौँ । प्रतिनिधि सभाको बिहीबार बसेको बैठकले आर्थिक क्षेत्रसँग सम्बन्धित तीन महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ...
काठमाडौँ। मनाङको हिम्लुङ हिमालमा गएको हिमपहिरोमा थप चार जनाको शव फेला परेको छ। यससँगै हिमपहिरोमा मृत्यु हुनेको संख्या ११ पुगेको छ। हिमपहिरोमा हराइरहेका आरोहीको खोज...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले शिष्टाचार भेटवार्ता गरेका छन्। राजदूत अर्न्स्टले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend