Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा अर्थमन्त्री वाग्लेले सम्बोधन गर्ने


    शुक्रबार, कार्तिक ७ २०८३
    80
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन बिहीबार नयाँदिल्ली पुगेका हुन् ।

    नयाँ दिल्लीस्थित होटल ताज प्यालेसमा आयोजित ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ को विशेष सत्र जारी छ । “निकटताबाट समृद्धिः भारत–नेपाल अवसर” शीर्षकको सत्रमा उनी अतिथि वक्ता छन् ।

    यसअघि अर्थमन्त्री वाग्ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एनडी टिभी विश्व सम्मेलनको सम्बोधन सत्रमा सहभागी थिए ।

    बिहीबार रातिको प्रधानमन्त्री मोदीले सम्बोधन गर्ने सत्रमा अतिथिको रुपमा उनी सहभागी भएका हुन् । उक्त सत्रपछि भारतीय प्रधानमन्त्री मोदी र अर्थमन्त्री डा.वाग्लेबीच संक्षिप्त भेट र कुराकानी समेत भएको थियो ।

    उक्त सम्मेलनको विशेष सत्रमा भारतीय विदेश मन्त्री डा.एस जयशंकरले सम्बोधन गर्दा पनि वाग्ले अतिथिको रुपमा कार्यक्रममा सहभागी थिए । सो क्रममा उनीहरूबीच परिवर्तन भइरहेको विश्व व्यवस्थाका सम्बन्धमा रोचक प्रश्नोत्तर समेत भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार