काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरणले २१ दिनभन्दा बढी विमानस्थलको सिसिटिभी फुटेज नरहेको विषयमा प्रकाशित समाचार प्रति दुःख पोखेको छ।
क्यानका महाप्रवन्धक प्रताप बाबु तिवारीले मंगलबार एक विज्ञप्ति जारी गर्दै बजेट अभावका कारण २१ दिनभन्दा धेरै सीसीटिभीको स्टोरेज राख्न नसकिएको गुनासो गरेका छन् । विमानस्थल कार्यालयले आर्थिक वर्ष २०७८-७९ मा सिसिटिभी क्यामेराको रेकर्ड ३ महिना स्टोरेज रहने व्यवस्थाका लागि प्राधिकरण प्रधान कार्यालयमा बजेट माग गरेकोमा कोरोनाका कारण बजेट अभाव भई अरु प्राथमिक क्षेत्रमा वजेट व्यवस्था गर्नु पर्ने भएकोले बजेट उपलब्ध नभएको जनाएको छ ।
क्यानले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ५०० भन्दा बढी सिसिटिभी क्यामेरा जडान गरिएको जानकारी गराएको छ । सिसिटिभी जडानको कार्य त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले गर्ने र त्यसको अपरेशन तथा सर्वेलेन्स नेपाल प्रहरीले गर्दै आएको पनि क्यानको भनाइ छ ।
अध्यागमन कार्यालय र भन्सार कार्यालयले पनि आ-आफ्नो क्षेत्रमा सिसिटिभी जडान गरी संचालन तथा सर्वेलेन्स कार्य गर्दै आएको क्यानले जनाएको छ । विमानस्थल भित्रको संदिग्ध गतिविधि सम्बन्धमा सूचना दिन नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान लगायत विभिन्न निकायहरू कार्यारत रहेका छन् ।
‘१६ टीवि क्षमताको ३६ वटा हार्डडिस्क जडान गर्न सुरुमा केही समय लागेको हो। सबै सिसिटिभिको स्टोरेज २१ दिन मात्र भएको भनी प्रतिवेदन र समाचारमा आएको विषयमा त्यस समयमा क्षमता विस्तारको कार्य सुरु गरेको नै तीन महिना नभएकोले विस्तार गर्ने क्रममा तत्कालीन अवस्थामा केहीको २१ दिन भएता पनि अहिले यो बढ्दै केहीको ६१ दिन क्षमताको भइसकेको छ भने बाँकीको पनि क्रमश बढ्ने क्रममा छ’। क्यानले भनेको छ
‘यस अघि बढीमा २९ दिन सम्म स्टोरेज क्षमता मात्र रहेने गरेकोमा ढिलै भएपनि यो वर्ष स्टोरेज क्षमता विस्तारको कार्य सम्पन्न भई सकेकोले सम्पूर्ण सिसिटिभी क्यामेराको रेकर्ड स्टोरेज ३ महिनाको हुनेछ । भन्सार तथा अध्यागन क्षेत्रमा जडान गरिएको क्यामेराबाट गरिने सर्भिलेन्स तथा तिनको रेकर्ड स्टोरेज तततत निकायलाई नै जानकारी रहन्छ। हाल ५०० को संख्यामा भन्दा बढी सिसिटिभी भएको विमानस्थलमा सामान्य प्राविधिक समस्या आउनु स्वभाविकै देखिन्छ र त्यस्ता समस्याको दैनिक रुपमा नै निराकरण गरिदै आएको छ । पछिल्लो समयमा यस्ता प्राविधिक समस्यामा कमी हुदै आएको छ’ । क्यानले विज्ञप्तिमा भनेको छ ।
काठमाडौं । बोरिङ र मोटर जडान गर्ने कार्यका लागि ७ लाख ५० हजार घुस लिने भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन...
काठामाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरी हटाइएकाहरुलाई वालेन्द्र शाह सरकारले धमाधम नियुक्ति दिइरहेको छ । वालेन्द्र शाह प्रधानमन्त्री भएपछि...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । एक अर्ब भन्दा बढी मूल्य पर्ने काठको अबैध र अनियमित कटान, मुछान, घाटगद्दी र लिलाम गर्ने ३ जनाबिरुद्ध उजुरी परेको र अख्तियार...
काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्। अध्यादेश ल्याएर भूपेन्द्र भण्डारीलाई अध्यक्षबाट पदमुक्त गरिएपछि घिमिरे नै निमित्त अध्यक्षको जिम्मेवारीमा थिए। पछिल्लो मन्त्रिपरिषद्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend