काठमाडौं । सूचना प्रविधि क्षेत्रका माफिया विकल पौडेल र सुनिल पौडेल भन्दा धेरै ठूलो भ्रष्टाचार काण्डमा मुछिएका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग अख्तियार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिन थालेको छ । उनीसँग बिहीबारदेखि आयोगका अधिकारीले बयान लिन सुरु गरेका छन् । शुक्रबार पनि उनले आयोगमा बयान दिएका छन् ।
पछिल्लो १० बर्षमै सबैभन्दा ठूलो भ्रष्टाचार प्राधिकरण अन्तर्गतका पोखरा, गौतमबुद्ध भैरहवा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको छ । आयोगले २० हजार, ५० हजार, लाख भ्रष्टाचारमा मुद्दा दायर गरेको छ । तर प्राधिकरण अन्तर्गतका तीनवटै विमानस्थलको ठेक्कामा चिनियाँ ठेकेदारसँग मिलेर प्रदीप अधिकारीले गरेको दसौं अरब भ्रष्टाचारमा आयोगले छानबिन नगरेकोमा चौतर्फी प्रश्न उठिरहेको छ । तीनवटै आयोजनाको प्रमुख अधिकारी नै रहेको र उनले गरेका भ्रष्टाचारका एक एक तथ्यसहितका उजुरीमा अख्तियारले गहन छानबिन गर्न नसकेको गुनासो आएपछि आयोगले छानबिन थालेको छ ।
आयोगले गएको कात्तिकमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गुणस्तरहीन काम भएको र कमिसन लिएको भन्दै २० वटाभन्दा धेरै उजुरी आयोगमा परेपछि कागजात नियन्त्रणमा लिएको थियो । पोखरा विमानस्थलमा गुणस्तरहीन सामग्री प्रयोग गरी निर्माण गरेको त छँदैछ, टेण्डर प्रक्रियादेखि सेटिङ गरी राज्यलाई अरबौं नोक्सान पारेको बिषयमा पनि अख्तियारले अनुसन्धान गर्नुपर्ने आवाज उठिरहेको अवस्थामा छापा मारी कागजात नियन्त्रणमा लिएको थियो । स्रोतका अनुुसार अख्तियारले संभवतः छिट्टै पोखरा विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा विमानस्थलको अरबौं घोटालामा संलग्न प्रदीप अधिकारीबिरुद्ध मुद्दा दर्ता गर्दैछ । तर डीजी अधिकारी भने नवीन बस्नेतदेखि सत्तारुढ राजनीतिक दलका नेताहरुलाई प्रयोग गरी अख्तियारका पदाधिकारीमाथि मुद्दा नचलाउन दबाब बढाइरहेका छन् ।
सिक्टामा करोडौंको प्रलोभनदेखि उच्च राजनीतिक दबाब दिंदा पनि सर्वोच्च अदालतमा पुनरावेदन गरेका अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले विमानस्थल निर्माणको यस्तो ठूलो घोटालामा मुद्दा दायर गर्न पछि हट्ने संभावना कम देखिन्छ ।
पोखरा विमानस्थलः १२ अर्बबाट लागत बढाएर २४ अर्ब कसरी पुर्याइयो ?
१२ अर्ब रुपैयाँमा निर्माण सम्पन्न हुनेगरी स्टीमेट गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागत बढाएर २४ अर्ब रुपैयाँ पुर्याएको बिषयमा अख्तियारले छानबिन गरेको छ । महानिर्देशक अधिकारीले नै १२ अर्बबाट लागत बढाएर २४ अर्ब पुर्याएका हुन् । जुनसुकै पार्टीका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई प्रभावमा पार्न सफल हुँदैआएका अधिकारीले सबैतिर सेटिङ गरी पोखरा विमानस्थलको लागत १२ अर्ब बढाएको दर्जन उजुरी अख्तियारमा परेका थिए ।
चीनको एक्जिम बैंकको २२ अर्ब रुपैयाँ २ प्रतिशत ब्याजमा र २ अर्ब अनुदान गरी २४ अर्ब लागतमा निर्माण भएको पोखरा विमानस्थलको लागत अनुमान अस्वभाविक रुपमा बृद्धि गर्दा ठूलो आर्थिक चलखेल गरिएको बिषयलाई अख्तियारले गम्भीररुपमा लिएको छ भन्ने संकेत कागजात नियन्त्रणमा लिएपछि पुष्टि भएको छ ।
आयोजना प्रमुख अधिकारीले पोखरा विमानस्थलको ठेक्का सेटिङमा चिनियाँ कम्पनी सीएएमसी इन्जीनीयरीङ कम्पनीलाई दिएका थिए । सीएएमसी इन्जीनीयरीङ कम्पनीसँग नेपाली ठेकेदार कम्पनी क्षमादेवी कन्ष्ट्रक्सनलाई जेभीमा राख्ने चाँजोपाँजो पनि प्रदीप अधिकारीले नै मिलाएका थिए । नवीन बस्नेत र प्रदीप अधिकारीको सेटिङमा क्षमादेवी कन्ष्ट्रक्सनलाई जेभी राखिएको थियो ।
नवीन बस्नेतले क्षमादेवी कन्ष्ट्रक्सनको लाइसेन्स प्रयोग गरी नागरिक उड्डयन प्राधिकरणका प्रायः सबै ठेक्का सेटिङमा लिने गरेका थिए । पोखरा विमानस्थलको ठेक्का पनि बस्नेतको क्षमादेवी–सीएएमसीले पाएको थियो । पोखरापछि प्राधिकरणका महानिर्देशक अधिकारीले केही महिनाअघि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको ४ अर्ब ७० करोडको ठेक्का पनि क्षमादेवीलाई नै दिएका छन् ।
पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाको प्रमुख हुँदा सेटिङमा अरबौंको ठेक्का दिएको र प्रतिस्पर्धालाई नै सीमित गरी राज्यलाई अरबौं नोक्सान पार्ने काम गरेका महानिर्देशक अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ७ अर्ब ८० करोड रुपैयाँको ठेक्का सेटिङमा चाइनीज कम्पनीलाई दिएका थिए । १ अर्ब २४ करोड कम कबोल गरेको कम्पनीलाई नदिई सेटिङमा ठेक्का दिइएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध र पोखराको ठेक्कामा अरबौं अरब रुपैयाँको ठेक्का सेटिङ गरेका अधिकारीले परामर्शदाताको छनोटमा पनि अरबौं अनियमितता गरेका छन् । उनले आफ्नै लगानी भएको कम्पनीलाई परामर्शदाता नियुक्त गरेको आरोप छ । अधिकारीका आफन्तका नाममा २ वटा परामर्शदाता कम्पनी छन् । अख्तियारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, पोखरा र गौतमबुद्ध विमानस्थलको परामर्शदाताको छानबिन गर्ने हो भने प्रदीप अधिकारीकै भएको पुष्टि हुने प्राधिकरणका एक अधिकारी बताउँछन् । अख्तियारले निर्माणमात्र होइन, परामर्शदाता छनोटका क्रममा भएको सेटिङका बारेमा पनि छानबिन गर्नुपर्ने नागरिक उड्डयन प्राधिकरणका ती अधिकारी बताउँछन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध र पोखरामा भएको ठेक्कामा होस् कि हालै भएको भैरहवाको ४ अर्ब ७० करोडको ठेक्का पनि प्रदीप अधिकारीले सेटिङमै दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नागरिक उड्डयन प्राधिकरण अन्तर्गतका तीनवटै विमानस्थल निर्माणको ठेक्कामा भएको अरबौंको घोटालाका बारेमा उजुरी परेका छन् ।
महानिर्देशक अधिकारीले आयोजनाको ठेक्कामार्फत् भ्रष्टाचार गरी आर्जित रकम अमेरिकामा बस्ने उनका नातेदार अर्जुन खड्कामार्फत् अमेरिकामै पलायन गरिसकेका छन् । नेपालमा पनि तिनै खड्काले महानिर्देशक अधिकारीको भ्रष्टाचारको रकम मिटरब्याजमा पनि लगानी गरेको स्रोत बताउँछ । पोखराको माटो भर्नेदेखि बीसौं करोडका ठेक्का पनि तिनै अमेरिकी नागरिक खड्कालाई दिइएको थियो । खड्का प्रदीप अधिकारीलाई दाइ भनेर सम्बोधन गर्दछन् ।
विकल पौडेलले जस्तै प्रदीप अधिकारीले पनि पोखरा, काठमाडौं र भैरहवा विमानस्थल निर्माणका क्रममा गरेको भ्रष्टाचारको अरबौं रकम अर्जुन खड्कामार्फत् अमेरिकातिर पुर्याइसकेका छन् ।
डीजी अधिकारीले प्राधिकरणका सबै आयोजना प्रमुख हुँदा गरेका अरबौंका ठेक्का सेटिङको बारेमा सप्रमाण समाचार आइरहेपछि आयोगले छानबिनलाई तीव्रता दिएको हो । गएको कात्तिकमा अख्तियारले पोखरा विमानस्थलको कागजात नियन्त्रणमा लिएपछि प्रदीप अधिकारी जस्ता शक्तिकेन्द्रलाई प्रभावमा पारी जे पनि गर्नसक्छु भन्नेहरु कानुनी कारबाहीको दायरामा आउने आशा गरिएको थियो ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend