Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • अख्तियारले ८ अर्ब बिगो माग्यो, बिशेष अदालतले ५ लाख धरौटीमा छाड्यो


    मंगलबार, मंसिर २३ २०८२
    905
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग गरेको छ ।

    त्यस्तै पूर्वनिर्देशक मुरारी भण्डारीसँग १ लाख धरौटी मागेको छ । मङ्गलवार विशेष अदालतका सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा भएको थुनछेक बहसमा उनीहरूसँग उल्लेखित धरौटी लिएर रिहा गर्न आदेश भएको हो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित ५५ जनालाई प्रतिवादी बनाउँदै ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ ५० पैसा बिगो माग गरेकोमा विशेष अदालतले ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

    यसअघि नलिनचोक हेलिपोर्ट भ्रष्टाचारको मुद्दामा भने विशेष अदालतले अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । त्यस्तै भण्डारीलाई भने ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार