काठमाडौं । भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहसचिव टेकनारायण पाण्डे, रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा उनका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सानु भण्डारी र केशव दुलाललाई राति राति उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा बोलाएर अमूक ब्यक्तिका बिरुद्ध बयान दिन मानसिक तनाव दिएको समाचार सार्वजनिक भएको थियो ।
उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी श्यामलाल ज्ञवालीले उनीहरुलाई बोलाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईका बिरुद्ध बयान दिनका लागि दबाब दिएको बिषयमा इन्द्रजित राईले त अदालतको इजलाससामु नै बताएको समाचार आएको थियो ।
प्रहरीले मुद्दा सरकारी वकिल कार्यालय काठमाडौंमा नबुझाउँदै राति राति रानीपोखरीमा बोलाएर अख्तियार प्रमुख राईका बिरुद्ध बयान दिन दबाब दिएका ज्ञवालीले अदालतमा थुनछेक बहस सुरु भएपछि पनि ठगी गिरोहका मुख्य नाइके सानु भण्डारीलाई कार्यालयमै ल्याई भेटेको कुरा दृष्टि न्यूज डटकमको सोमबारको समाचारमा उल्लेख छ । नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ गरिएकाहरूलाई अनुसन्धान सकेर प्रहरीले सरकारी वकिललाई प्रतिवेदन बुझाइसकेको छ ।
प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा अदालतमा थुनछेक बहस भइरहेको बेला नेपाल प्रहरीका एआईजीले अभियुक्तलाई भेट्नुले दालमा कालो छ भन्ने संकेत देखिन्छ । अदालतमा बयान दिंदा पनि अख्तियार प्रमुख राईको नाम लिनका लागि ज्ञवालीले थुनछेक बहस भइरहेको बेला सानु भण्डारीलाई दबाब दिनकै लागि उनलाई बोलाएको आशंकालाई बल पुगेको छ । अदालत पुगिसकेका आरोपितलाई अनुसन्धान अधिकृतले पनि थप बयान लिन वा भेटघाट गर्न मिल्दैन । तर, ज्ञवालीले भण्डारीसँग भेटेका छन् ।
उपत्यका प्रहरी कार्यालयका एआईजी ज्ञवालीले संगठन प्रमुख आईजीपी बसन्तबहादुर कुँवर र अख्तियार प्रमुख राईलाई भुटानी शरणार्थी प्रकरणमा फसाउने खेल खेलेको आरोप छ । ठगीमा पक्राउ परेकाहरुको बयानको कपी नै आफ्ना निकटहरुलाई बोलाएर मिडियामा छरपष्ट बनाउने काम उनले गरेको आरोप छ । गोप्य रहनुपर्ने बयान सार्वजनिक गरी आईजीपी कुँवर र अख्तियार प्रमुख राईलाई बदनाम गराउने र राजीनामा दिने परिस्थिति निर्माण गर्ने डिजाइनमा एउटा शक्ति लागेको छ ।
तत्कालीन सहसचिव बालकृष्ण पन्थी नेतृत्वको अध्ययन गर्न गठित कार्यदलले २०७६ मा बुझाएको प्रतिवेदन २०७८ साउन २७ मा आएका गृहसचिव टेकनारायण पाण्डेले गृहमन्त्री बालकृष्ण खाँणसँग मिलेर कीर्ते गरेपछि मात्र नक्कली केशव दुलाल र सानु भण्डारीले नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने ठगीधन्दा सुरु गरेका थिए । जबकि प्रेमकुमार राई २०७६ माघ २२ मै अवकाश भएका थिए । तत्कालीन गृहसचिव प्रेमकुमार राईले बुझेको प्रतिवेदनमा यृएनएचसीआर र आरसीयुले सिफारिस गरेकाबाहेक अरुलाई भूटानी शरणार्थी मान्न नसकिने प्रतिवेदन दिएको थियो ।
नक्कली शरणार्थी प्रकरणका आरोपितहरू अदालती बयानका क्रममा रहेका बेला उपत्यकाको प्रहरी नेतृत्वले भेटघाटलाई कसैले पनि सामान्य रुपमा लिन सकेका छैनन् । सुरुमा बालकृष्ण खाँणकी श्रीमती मन्जु खाँण, आरजु राणाको समेत बयानमा लिएका केशव दुलालहरुले अहिले उनीहरुको नाम लिन छाडेका छन् । यसैकारण पछिल्ला दिनमा भूटानी शरणार्थी प्रकरण राजनीतिक प्रापोगान्डा बनाएको आभाष हुँदै गएको छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend