काठमाडौं । रवि लामिछाने गृहमन्त्री हुँदा प्रहरीले पक्राउ गरेका आरोपीले डाक्टरलाई बिरामी भएको नक्कली सिफारिस बनाउन लगाएर अस्पताल भर्ना गर्ने क्रम रोकेका थिए । तर लामिछाने गृहमन्त्रीबाट हटेसँगै पहँुचवालाहरुले पक्राउ पर्नासाथ डाक्टरको सिफारिस बनाउन लगाई अस्पतालमा बस्ने क्रम सुरु गरेका छन् ।
पूर्वप्रेमीको घरमा राति गएर गाडी र घरमा तोडफोड गर्ने सपना लामिछानेलाई आपराधिक उपद्रव गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । तर उनले पक्राउ पर्नासाथ एक एआईजीको पहुँच प्रयोग गरी नक्कली बिरामी भएर ग्रिनसिटी अस्पतालमा जाने सुबिधा पाएकी छन् । लामिछानेलाई रानीपोखरीबाट पक्राउ गरिएको काठमाडौँका एसएसपी वसन्त रजौरेले बताएका छन् । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति आएको हुनाले अनुसन्धानका लागि नियन्त्रणमा लिइएको एसएसपी रजौरेले जानकारी दिएका छन् ।
केही दिनअघि काठमाडौंको चण्डोलमा राति १० बजे अर्काको घरमा गएर उनले गाडी लगायका सामग्री तोडफोड गरेको आरोप छ । प्रहरीका अनुसार तोडफोडमा संलग्न अर्की महिला फरार छन् । शुक्रबार प्रहरीले पक्राउ गर्नुअघि उनले सामाजिक संजाल फेसबुकमा लाइभ गरेर ‘बलात्कार मुद्दा दबाउन प्रहरीले पक्राउ गरेको’ आरोप लगाएकी थिइन् ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट लाइभ गरेर उनले भनेकी छन्–‘एआईजी किरण बज्राचार्यले मलाई बोलाउनुभो अनि, मेरो अर्को मुद्दा दबाउन पक्राउ गरिएको छ ।’ पक्राउ पूर्जी आएको थाहा पाएपछि छाड्न नमिल्ने भएको हुनाले महाराजगञ्जको टोली बोलाएर जिम्मा लगाएको एआईजी किरण बज्राचार्यको भनाइ आएको छ । लामिछानेलाई सृजना बस्नेतले दिएको जाहेरीका आधारमा पक्राउ पूर्जी जारी गरी नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा बानेश्वरतिर रहेको उनको क्याफेमा प्रहरीका उच्च अधिकारीको सरुवाका डिल हुने गरेको थियो । श्रेष्ठ गृहमन्त्री हुँदा प्रहरीका सरुवा बढुवा समेत गराउनसक्ने हैसियतकी सरला लामिछाने प्रहरीका उच्च अधिकारीको लाम नै लाग्ने गरेको थियो ।
डीएसपीदेखि एसएसपी र डीआईजीसम्मको सरुवा बढुवा नै गराउने हैसियत भएकी ती महिलाको श्रेष्ठ गृहमन्त्री हुँदाको चुरीफुरी प्रहरीका धेरैले बयान गर्ने गर्थे । तिनै महिला आफैं प्रहरीको हिरासतमा पुगेकी छन् । पूर्वप्रेमीको सम्पत्ति दोहन गर्ने क्रम अति बढेपछि उनी टाढिए । ती प्रेमी टाढिएपछि उनले बिहे गर्छु भनेर शोषण गरेको मुद्दासमेत हालेर तीन महिना थुनाइन् । तर अदालतले निर्दोष ठहर गरेपछि पनि उनले ती पूर्वप्रेमीसँग अंश माग्ने, सम्पत्ति माग्ने र मानसिक टर्चर दिन थालेपछि लामिछानेका बिरुद्ध एआईजी बज्राचार्यसम्मै कुरा पुगेपछि पक्राउ परेकी थिइन् ।
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend