काठमाडौं । प्रहरीकै मिलेमतोमा भएको भैंसेपाटी हनी ट्रयापिङ घटनाको विषयमा छानबिनका लागि गठित समितिले प्रतिवेदन बुझाएको छ । डीएसपी नरहरि अधिकारी नेतृत्वको समितिले बुधबार ललितपुरका प्रहरी प्रमुख एसएसपी शेखर खनाललाई प्रतिवेदन बुझाएको हो ।
समितिले प्रतिवेदनमा निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाहीलाई फौजदारी मुद्दा नै चलाउनुपर्ने सिफारिस गरेको छ । प्रहरीकै मिलेमतोमा बलात्कार मुद्दामा फसाइदिने भन्दै पैसा असुलिएको छानबिन समितिको औँल्याएको छ । सुनसरीका तत्कालीन एसपी कमल थापाको समेत हनी ट्रयापिङ प्रकरणमा शंकास्पद भूमिका देखिएकाले उनीमाथि कारबाही हुनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको स्रोतले बतायो । यद्यपि उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी विनोद घिमिरेले प्रतिवेदनमा दोषी किटान गरिएकाहरुको नाम बताउन चाहेनन् ।
प्रतिवेदन बुधबार उपत्यका प्रहरी कार्यालयमा बुझाएको र प्रहरी प्रधान कार्यालयमा पठाइने एसएसपी घिमिरेले बताए । प्रहरी प्रधान कार्यालयबाटै जानकारी लिन सकिने उनको भनाइ छ । प्रतिवेदन कार्यान्वयन भएमा एसपी थापामाथि पनि छानबिन हुने स्रोत बताउँछ ।
भैंसेपाटी प्रभागमा एक व्यापारीलाई थुनामा राखी ३० लाख असुल गरी छाडिएको थियो । एक युवतीलाई उजुरी हाल्न लगाएर पूर्व योजनाअनुसार नै पैसा असुलिएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख रहेको स्रोतको दाबी छ ।
हनीट्रयापिङ प्रकरणमा इन्स्पेक्टर शाही यसअघि नै निलम्बनमा परिसकेकी छिन् । हनी ट्रयापिङ गिरोहका नाइके ताज इस्लामसहित उनको समूहका युवतीहरु सुष्मा विक र भिमादेवी थापालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । इन्स्पेक्टर शाहीले निलम्बन नहुनका लागि शक्तिकेन्द्र गुहारेकी थिइन् । भैंसेपाटी हनीट्रयापिङ प्रकरणको पटाक्षेप गर्नका लागि एक अर्का एसपीले पीडित ब्यापारीसँग पटक पटक भेटेको स्रोत बताउँछ ।
हनी ट्रयापिङमा संलग्न ताज इस्लामको गिरोहले विगतमा पनि प्रहरीसँगको सेटिङमा धेरैलाई फसाइसकेको खुलेको छ । यो गिरोहको अर्को निशाना एक पत्रकारलाई फसाउने थियो । जसमा एसपी र इन्स्पेक्टर शाहीले इस्लामलाई अगाडि बढाइसकेको अवस्थामा ती पत्रकार आफैं सजग भएर जोगिन सफल भएका थिए । तर उनीहरु उनलाई फसाउने योजनाबाट पछि हटिनसक्दै भैंसेपाटी प्रकरण सार्वजनिक भयो ।
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend