काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली भूटानी शरणार्थी बनाउने ठगीधन्दामा हाई प्रोफाइलहरुको अनुसन्धान गरी सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइसकेको छ । पक्राउ परेकाहरुको थुनछेक बहस हुँदैछ ।
नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रहरीलाई निर्भिकतापूर्वक अनुसन्धान गर्ने वातावरण बनाएकोमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्यसको श्रेय पाइरहेका छन् । पाउनु स्वभाविक पनि हो । भूटानी शरणार्थी प्रकरणमा जस लिन पाएका गृहमन्त्री श्रेष्ठले प्रहरीको बढुवामा भने कारबाहीमा परेका डीएसपीहरुलाई आर्थिक चलखेल गरी बढुवा गरेको आरोप छ ।
डीएसपीबाट एसपी बढुवामा युएन मिसनको परीक्षाअगावै प्रश्नपत्र आउट गर्ने जस्तो गम्भीर प्रकृतिको अनियमिततामा संलग्नहरुदेखि विभिन्न विवादमा परेकाहरु परेका छन् । कारबाहीमा परेकाहरुलाई डीएसपीबाट एसपी बढुवा गर्दा गृहमन्त्री श्रेष्ठको सचिवालयभन्दा पनि माथिकै हैसियतकी सुशन कर्माचार्यले डिल गरेको आरोप छ । कारबाहीमा परेकाहरुले दररेट अनुसार खर्च गरी एसपीमा बढुवा भएकाले नारायणकाजीले गरेको सुशासनको भाषणलाई हिन्दी उखान ‘सौ चुहा खाके बिल्ली चली हज’को उखानको रुपमा लिन थालिएको छ ।
डीएसपीबाट एसपी बढुवापछि अब प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट प्रहरी नायब उपरीक्षक(डीएसपी)को बढुवा हुँदैछ । रिक्त ४४ डीएसपीका लागि १ सय भन्दा बढी इन्स्पेटरहरु आकांक्षी छन् । आइजीपी बसन्तबहादुर कुँवर बरिष्ठताका आधारमा बढुवा भएका हुन् । डीएसपीबाट एसपीको बढुवा गर्दासम्म बरिष्ठताका आधारमा गरेको भन्ने मन्त्री नारायणकाजीका सचिवालयदेखि दाजुभाइ र भतिजाहरुले इन्स्पेक्टरको बढुवामा भने २०७० चैत ९ मा भर्ना भएको टोलीसँग मात्र होइन, बैकल्पिक १० जनासँग समेत डिल गरिरहेका छन् । डीएसपी बढुवामा बरिष्ठतालाई भन्दा आर्थिक चलखेलका आधारमा गर्न लागिएपछि गृहमन्त्रीको सुशासनको मुखुन्डो पनि उत्रिएको छ ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठका दाजु मानकाजी श्रेष्ठ, हिराकाजी श्रेष्ठदेखि पूर्वएआइजी वीरेन्द्रबाबु श्रेष्ठ र सचिवालयका सदस्यहरुले इन्स्पेक्टरबाट डीएसपी बढुवाको टेण्डर आह्वान गरेर लिलाम बढाबढ गरिरहेको स्रोत बताउँछ । बढुवाका आकांक्षी इन्स्पेक्टरहरुसँग मन्त्री श्रेष्ठको किचेनदेखि दाजुभाइसम्मले खुलेआम मोलतोल गरेको बिषय छरपष्ट भइरहेको छ । स्रोतका अनुसार इन्स्पेक्टर बढुवामा बरिष्ठताका आधारमा होइन, जसले बढी कबोल गर्छ तिनैलाई एकदेखि दस नम्बरभित्र पार्नका लागि गृहमन्त्रालयको डिफ्याक्टो मन्त्रीका रुपमा चिनिएकी सुशन कर्माचार्यको टोली लागेको छ । डीएसपी बढुवाको सूचीमा रहेका इन्स्पेक्टरहरुको नामावली मागेर मोलतोलमा भइरहेको छ । सुशनसँग सेटिङ मिलाएर बढुवाका आकांक्षी इन्स्पेक्टरहरुमध्ये कतिपय उनीसम्म पुगेर ढुक्क भइसकेका छन् भने नपुगेकाहरु पुग्ने कोसिसमा छन् । सुशन कमाचार्यले सूची फाइनल गर्ने र सोही अनुसार बढुवा हुने गरेकाले पनि आकांक्षीहरु उनको सम्पर्कमा बिचौलियामार्फत् पुगेका छन् ।
डीएसपी बढुवाका लागि आर्थिक चलखेलको प्रस्तावका साथ दौडधूप गर्नेहरुमा आकर्षक कार्यालयमा कार्यरत विवादित र कारबाहीमा परेका इन्स्पेक्टरहरु छन् ।
लेनदेनदेखि बिभिन्न विवादमा परेका इन्स्पेक्टर अनिल ठकुरी, पुल्चोकदेखि अख्तियारमा समेत चर्चामा आइरहने र नेताहरुको शक्ति लगाएर बिभूषण लिने चेतना पोखरेल, सवारी दुर्घटनामा चालक नै फेर्ने लोकबहादुर जीसी डीएसपी बढुवामा अघिल्लो वरियतामा पर्न धाउनेमा पर्दछन् ।
ठकुरीको टोलीले काठमाडौं पसिरमा हुँदा २०७५ माघमा बन्द कोठाभित्र रहेका अविलास तामाङलाई नियन्त्रणमा लिन गोली चलाएपछि विवाद भएको थियो । प्रहरीको झण्डै १० जनाको टोलीले नियन्त्रणमा लिन कोठाभित्रै गोली चलाउनुपर्ने प्रहरीको दावी नै शंकास्पद र झुटो बनाएको थियो । ठकुरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाम लिनेदेखि आर्थिक चलखेल गरेरै भए पनि बढुवामा अगाडि पर्ने खेलमा लागेका छन् । बुढानीलकन्ठ प्रभागदेखि आकर्षक ठाउँमा बस्नेमा पर्दछन् ठकुरी ।
स्रोतका अनुसार अख्तियारमा कार्यरत रहेको चेतना पोखरेल एमालेका नेताहरुका अलावा मानवस्रोतका प्रमुख एआईजी संदीप भण्डारीलाई भेगीय नाता लगाउँदै बढुवामा अगाडि आउने कोसिसमा लागेकी छन् । गृहमन्त्रालयका सचिवदेखि बढुवा समितिमा बस्ने सहसचिव हुँदै मुख्यसचिवसम्मलाई चेतनाले दबाब दिइरहेको स्रोतको दाबी छ ।
त्यसैगरी, बढुवाका लागि शक्तिकेन्द्र धाउनेमा अनमोल खड्का, रघुसिंह बिष्ट, दयाकृष्ण भट्ट, निरन्जन भट्टराई, सुवास भट्ट, लोकबहादुर जीसी, निर्मल पनेरु, योगेन्द्र तिमल्सिना, एलिजा गिरी लगायत छन् । लोकबहादुर जीसी नवलपरासीमा हुँदा सवारी दुर्घटनामा चालक फेरेर अख्तियारमा मुद्दा परी डामिएका थिए ।
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
काठमाडौं । दुई महिनाअघि मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख (डीआईजी) गोविन्द थपलिया र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख र जुनियर अधिकृतबीचको विवाद सार्वजनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend