Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • एसपी बढुवामा छायाँमन्त्री सुसन कर्माचार्यको आर्थिक चलखेलः विवादितहरुको बढुवामा दररेट


    बिहिबार, जेष्ठ ११ २०८०
    4.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौैं । नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान गरेको मौकामा सबैको ध्यान त्यतैतिर केन्द्रित छ । भूटानी शरणार्थी प्रकरणका कारण प्रहरीको डीएसपीबाट एसपीमा गरिएको बढुवाको चलखेल भने ओझेलमा पारिएको छ ।

    २२ डीएसपीलाई एसपी बढुवा गर्दा रुपेश खड्का, बासुदेव पाठक जस्ता युएन मिसनको परीक्षामा प्रश्नपत्र आउट गर्नेहरु पनि परेका छन् । विवादितहरुलाई बढुवा गर्दा ५० लाख रुपैयाँसम्मको लेनदेन भएको बिषय भूटानी शरणार्थी प्रकरणका कारण ओझेलमा पारिएको छ । सुरुमा विवादितहरुलाई बढुवा गर्ने पक्षमा गृहमन्त्री काजी थिएनन् । तर गृहमन्त्रालयकी छायाँ गृहमन्त्री भनेर चिनिने सुसन कर्माचार्यमार्फत् सेटिङपछि खड्का र पाठकहरु बढुवामा परेको चर्चा प्रहरीमा ब्याप्त छ ।

    रुपेश खड्काको श्रीमती बिजया प्रसाई गृहमन्त्रालयको गु्नासो शाखाकी प्रमुख भएकाले उनले पूर्वजनमोर्चाका नेताहरुलाई भनेर बढुवा गराएको भन्ने गरिएको छ । बढुवामा नारायणकाजीका दाजु मानकाजी श्रेष्ठले समेत डिल गरेको स्रोत बताउँछ । प्रहरीका एसपी मात्र होइन, हरेक बढुवा सुसन कर्माचार्यले सबै डिल गर्ने र मन्त्रीको सचिवालयमा कार्यरतलाई सूची दिएपछि बढुवा समितिका अध्यक्षले पाउने गर्दछन् ।

    त्यही सूची अनुसार बढुवा सिफारिस हुने गर्दछ । २०७८ साउन १५ र १६ मा भएको युएन मिसनको प्रिस्याटको प्रश्नपत्र चोरी भएको काण्डमा तत्कालीन युएन शाखाका रुपेश खड्का प्रत्यक्ष संलग्न थिए भने अर्का डीएसपी बासुदेव पाठकको समेत नाम मुछिएको थियो । तर तिनै खड्का र पाठक एसपी बढुवामा परेका छन् ।

    युएन मिसनको प्रश्नपत्र चोरीमा संलग्न पाठक अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए । अख्तियारका यसअघिका डीआईजी टेकप्रसाद तामाङले उनलाई आयोगमा सरुवामात्र गराएनन्, स्टीङ अप्रेसनको इन्चार्ज समेत बनाएका छन् । पाठक डीआईजी पाठकका साढुभाइ हुन्् । एसपी बढुवापछि पनि उनलाई अख्तियारमै पदस्थापन गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार