Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसदीय समितिमा गृहमन्त्रीको प्रश्न– ‘मन्त्री हो भन्दैमा उठ्, आइज, तँ कहाँ छस् भन्नु हुन्छ र ?’


    आइतबार, असोज ७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । पूर्व जानकारी बिना एक्कासि संसदीय समिति बैठकमा बोलाएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले आक्रोश व्यक्त गरेका छन् । आज आइतबार प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोलाइएका मन्त्री श्रेष्ठले बैठकमा बोलाउनु पूर्व जानकारी गराउन आग्रह गरे ।

    उक्त बैठकमा उनले भने– ‘आजको एजेन्डा के हो मलाई थाहा छैन । अर्को गम्भीर काममा हुन्छ गृहमन्त्री, यस्तो बेलामा उहाँ सभापति (रामहरि खतिवडा) ले समितिमा गृहमन्त्री भएन भने बैठक नै चल्न दिन्न भन्ने कुरा आयो भनेर खबर गर्नुभयो । हार्दिकतापूर्वक सदासहायता देखाएर मात्र म बैठकमा आएको हुँ ।’

    श्रेष्ठले आफूले संसद्लाई र संसदीय समितिलाई सम्मान गर्ने बताउँदै कुनै काम कुरा गर्दा लोकतान्त्रिक मूल्य, मान्यता र पद्धतिमा चल्नुपर्ने बताए । उनले पूर्व जानकारीबिना एक्कासि बैठकमा आइहाल्नुपर्‍यो भनेर बोलाउन मिल्छ र भन्दै प्रश्न गरे ।

    उनले भने– ‘सबै लोकतान्त्रिक विधि पद्धतिमा चल्नुपर्‍यो । गृहमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिदिनुस् न समितिमा म आइहाल्छु नि । लोकतन्त्रको कुनै एउटा मूल्य मान्यता त हुन्छ नि । मन्त्री भएको कारणले उठ्, आइज, तँ कहाँ छस् भन्नु हुन्छ र ? मेरो सविनय निवेदन छ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार