Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भ्रष्टाचारका सबै प्रकरणको अनुसन्धान हुनेछः गृहमन्त्री श्रेष्ठ


    मंगलबार, जेष्ठ २ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनलाई केन्द्रबिन्दुमा राखेर भ्रष्टाचारका सबै प्रकरणहरू खोतलेर अनुसन्धान गर्ने बताएका छन् ।

    मंगलवार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले विगतका भ्रष्टाचार प्रकरणमा अनुसन्धान गर्ने बताएका हुन् ।

    गृहमन्त्री श्रेष्ठले प्रहरीलाई राजनीतिक दबाब वा अवान्छनीय प्रभावबाट मुक्त भएर अनुसन्धान गर्न निर्देशन दिएको बताए । निर्दोष नफस्ने र दोषी नछुट्ने गरी प्रहरीले निष्पक्ष ढंगले अनुसन्धान प्रक्रिया अघि बढाएको उनले बताए ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान जारी रहेको भन्दै गृहमन्त्री श्रेष्ठले रणार्थी प्रकरण अनुसन्धानको समय निकै कम भएकाले प्रहरी प्रशासनले तीव्र रूपमा काम गरिरहेको बताए ।
    पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्रीदेखि गृहसचिव भइसकेकाहरुलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले छानबिन गरिरहेको छ । गृहमन्त्री श्रेष्ठले प्रहरीलाई निष्पक्ष रुपमा छानबिन गर्ने वातावरण बनाइदिएकाले हाईप्रोफाइलहरु पनि धमाधम हिरासतमा पुगेका छन् ।

    उनले संसद् र सडकबाट भएको भ्रष्टाचार विरोधी कदमको समर्थन रहेको बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार