काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नकाल्ली भुटानी शरणार्थी ठगी प्रकरणमा प्रहरी कुनै षडयन्त्रको शिकार नभएको बताएका छन् । कोही पनि निर्दोष नफसुन्, दोषी नछुटुन् भनेर प्रहरीले अनुसन्धान गरिरहेको उनले दाबी गरे ।
बिहीबार बिहान गृह मन्त्रालयमा एमालेसम्वद्ध राष्ट्रिय युवा संघको ज्ञापनपत्र बुझ्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले प्रहरीलाई राजनीतिक दबाव र अवान्छित प्रभावबाट मुक्त रहेर अनुसन्धान गर्न निर्देशन दिएको बताए । कोही निर्दोष फस्नु हुन्न भन्नेमा आफू समेत रहेको भन्दै उनले भने, ‘आशंका वा मनोगत पूर्वाग्रहका आधारमा कोही निर्दोष फस्ने वा सार्वजनिक जीवनमा आँच पु¥याउने काम गर्न मिल्दैन ।’
दोषीलाई कुनै पनि नाममा छुट दिन नहुने उनले बताए । कुनै दबाव परे म झेल्छु, स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्नुस् भनेर आफूले प्रहरीलाई भनेको भन्दै मन्त्री श्रेष्ठले भने, ‘कुनै षडयन्त्रको शिकार प्रहरी भएको छैन, हुँदैन ।’
कतिपयले चर्चामा आएका प्रसंगहरुमा प्रहरी पुगेन कि भन्ने आशंका रहेको भन्दै उनले प्रहरीले अनुसन्धानले खुला नै राखेको बताए । प्रहरीले बयानलाई तथ्य प्रमाणसँग जोडेर हेरेको भन्दै उनले भने, ‘थुप्रै व्यक्तित्वको नाम आएको छ, तर एउटा बयान दिएकै आधारमा मुद्दा चलाउन मिल्दैन कि भनेर अरु प्रमाणहरुको खोजी गर्ने प्रक्रियामा प्रहरी होला भन्ने हामीले बुझ्नुपर्छ ।’
‘कसैलाई कोही मुछ्न नपर्नेलाई पनि मुछ्यो कि भन्ने जस्तो पनि लागेको छ । कसैलाई मान्छे त आउनुपर्ने अन्तै छ, आएन भन्ने लागेको छ,’ उनले भने, ‘दुवैलाई हेर्दा के बुझ्नुप¥यो भने बयान र तथ्य प्रमाणका आधारमा स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरेर पुष्टि भएको आधारमा अगाडि बढाउनेमा प्रहरी छ ।’
कुनै पार्टीको हो ? कुन घरानासँग सम्बन्धित छ ? वा कसको नाता पर्ने हो भन्ने कुराको अपराधसँग साइनो नहुने भन्दै उनले राष्ट्रलाई हानि–नोक्सानी हुने काम जसले गरेको छ, त्यसलाई निष्पक्ष छानबिन गरेर कानुनको दायरामा ल्याउने बताए ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend