काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले औषधिको अनधिकृत मूल्यबृद्धिमा पूर्व महानिर्देशक नारायणप्रसाद ढकाललाई साथ र सहयोग गर्नेहरुलाई छोटो समयमै औषधि ब्यवस्था बिभागमै ससम्मान फर्काएकी छन् ।
रास्वपा सांसद राजीव खत्रीले गएको २०८२ चैत २५ गते संसदमा बोल्ने क्रममा औषधिमा अनधिकृत मूल्यबृद्धि गर्दा नेपाली जनताले बर्सेनि अर्बौँ रुपैयाँको आर्थिक भार खेप्नुपरेको भन्दै यसमा संलग्नहरूमाथि तत्काल छानबिन र कारबाहीको माग गरेपछि महानिर्देशक ढकालसहित सेटिङका मुख्य आरोपी १० औं तहका सन्तोष केसी लगायतका कर्मचारीको सरुवा भएको थियो ।
महानिर्देशकले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर ५२ ब्रान्डका औषधिको मूल्य बढाएको तथ्य महालेखा परीक्षकको प्रतिवेदनले नै पुष्टि गरेको बिषय सांसद खत्रीले संसदमा उठाएका थिए । महालेखाको प्रतिवेदनअनुसार आर्थिक बर्ष २०७६–०७७ मा विभागले नयाँ दर्ता तथा नवीकरणका क्रममा १८० वटा ब्रान्डका औषधिमध्ये ८८ वटामा करिब ३४ प्रतिशतसम्म मूल्यबृद्धि गरेको पाइएको बिषय खत्रीले उठाएका थिए । यसरी बढाइएको मूल्य सम्बन्धित देशले तोकेको दरभन्दा पनि बढी रहेको सांसद खत्रीले तथ्यांक नै प्रस्तुत गरेका थिए ।
ढकालको सेटिङ टीमका केसी कसरी भए मन्त्री मेहताका विश्वासपात्र ?
औषधि ब्यवस्था बिभागमा ८ बर्षभन्दा बढी राजनीतिक पहुँचका आधारमा ५ जना औषधि उत्पादक कम्पनी र ७ जना जति औषधि आयातकर्ताहरु मिली एउटा सिन्डीकेट संचालन गर्दैआएका छन् । विवादित आइरन चक्की घोटालाका सप्लायर्स पनि उक्त समूहमा रहेका छन् । आइरन चक्की त एक प्रतिनिधि उदाहरणमात्र हो ।
औषधि ब्यवस्था बिभागका १० औं तहका सन्तोष केसीको हालै भएको सरुवाको बिषय गम्भीर विवादमा परेको छ । सातौं तहदेखि १० औं तहसम्म बिभागमा बाहेक अन्त केसीको अन्यत्र सरुवा भएको छैन । समान तहका कर्मचारीको काठमाडौं उपत्यका बाहिर सरुवा भए पनि उनी सधैं जरा गाडेर बिभागमा रजगज गर्दैआएका छन् । केसीले श्रीमतीको नाममा कस्तुरी औषधि उत्पादन कम्पनी चितवनमा संचालन गरिरहेका छन् ।
सेटिङका माहिर खेलाडीका रुपमा बिभागमा चिनिएका केसी छोटो समयमा औषधि उत्पादन कम्पनीकै मालिक भएका छन् । एउटा साधारण परिवारका काभ्रेबाट आएका केसी औषधि ब्यवस्था बिभागको जागिरको पारिश्रमिकबाट कसरी अरबौंको औषधि कम्पनी खोल्न सफल भए ? सरोकारवाला निकायले छानबिन गर्ने हो भने औषधिको अनधिकृत मूल्यबृृद्धिदेखि विदेशी औषधि सूचीकरणमा हुने गरेको घोटालामा उनले अकूत सम्पत्ति आर्जन गरेको खुल्ने स्वास्थ्य मन्त्रालय स्रोत बताउँछ ।
बिभागमा सेटिङ गर्ने केसीका बारेमा छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागमा धेरै उजुरी परेपछि तत्कालीन महानिर्देशक ढकालले उनलाई वनस्पति बिभागमा सरुवा गर्न बाध्य भएका थिए । तिनै विवादित केसी पुनः वालेन्द्र शाह सरकारका स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताका विश्वासपात्र भएका छन् ।
बर्षौपछि बिभागमा सरुवा भएका कर्मचारीलाई सेटिङ गर्दैआएका ब्यापारीको अनुकूल काम नगरेपछि मन्त्री मेहताले ३ महिनामै सरुवा गरिदिएकी छन् । सेटिङको जालो भत्काउने, सरकारी निकायलाई बिचौलिया ब्यापारीमुक्त बनाउने नाराका साथ दुईतिहाई बहुमत पाएको वालेन्द्र शाह सरकारकी स्वास्थ्य मन्त्री मेहताले तिनै बिचौलिया ब्यापारीको दबाबमा काम नगरेबापत ३ महिनामै कर्मचारीलाई सरुवा गरेकी छन् ।
औषधि आयात अनुमति लिने कम्पनीहरुको जीएमपी अडिटको विवादित काण्डमा अरबौंको घोटाला भएको बिषयमा सांसद राजीव खत्रीले संसदमा आवाज उठाएपछि बिभागको महानिर्देशकबाट सरुवा भएका थिए नारायण ढकाल । ढकालको पालाको रहेको जीएमपीको सोही विवादित फाइल फेरि अगाडि बढाउनेगरी सन्तोष केसीलाई मन्त्री मेहताले बिभागमा फर्काएको आरोप छ ।
कोशी प्रदेशको स्वास्थ्य आपूर्ति ब्यवस्थापन केन्द्रको निमित्त निर्देशक भएका सिटीस्क्यान मेसिनदेखि बिभिन्न खरिदमा विवादित नवौं तहका शम्भु साहलाई पनि मन्त्री मेहताले अनुगमन तथा जीएमपी शाखामा ल्याएकी छन् । ब्यापारीकै सेटिङअनुसार चल्न नमान्ने सातांै आाठौं तहका कर्मचारीलाई सरुवा गरिएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको सुशासन अभियानलाई चुनौती दिंदै मन्त्री मेहताले बिचौलिया ब्यापारीको सेटिङमा सरुवा गरेको आरोप छ । बिभागमा हालीमुहाली गर्दैआएको सिन्डीकेटधारी ब्यापारीको समूहको डिजाइनमा बिभागमा सरुवा आतंक मच्चाएपछि विगतमै पूर्व श्रममन्त्री दीपक साह प्रकणमा रेडजोनमा परेकी मन्त्री मेहताको पद धरापमा पर्ने संभावना रहेको बताइन्छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आन्तरिक विवादमा काँग्रेस संलग्न नहुने बताएका छन् । मंगलबार सुरु भएको पार्टीको केन्द्रीय...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतसँग सहुलियतपूर्ण ऋणका रूपमा प्राप्त १८४ अर्ब रुपैयाँ तत्काल लिने नभई आवश्यकता र आयोजना निर्माणको प्रगतिअनुसार उपयोग गर्ने...
काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षको लुम्बिनी प्रदेश सभापतिमा प्युठानका सरोज थापा (रोज राणा) निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिद्वारा जारी विज्ञप्तिअनुसार...
काठमाडौँ। संसद्को सार्वजनिक लेखा समितिले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्दबारेका कागजात ७ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ । समितिले यस विषयमा जलस्रोत तथा सिँचाइ...
काठमाडौँ। भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरेका छन्। उनले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता र दुई देशबीच विभिन्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend