Nepal Face
  • सोमबार, १७ कार्तिक २०८३
  • जापानका प्रस्तावित राजदूत थापाले फिर्ता लिए नाम


    सोमबार, कार्तिक १७ २०८३
    55
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन् । थापाले नाम फिर्ता लिने जानकारी संसदीय सुनुवाइ समितिलाई गराएका थिए ।

    थापाको जापानमा पीआर रहेको विषय उठेपछि उनको सुनुवाइ स्थगित गरिएको थियो । तर उनले आफूले पीआर त्यागिसकेको स्पष्टीकरण दिएका थिए।

    स्वार्थको द्वन्द्वमा प्रश्न उठेपछि उनले नाम फिर्ता लिएका हुन् ।

    सिंहदरबारमा सोमबार बसेको संसदीय सुनुवाई समिति बैठकमा प्रस्तावित राजदूत थापाले सुनुवाइ प्रक्रियाबाट नाम फिर्ताको पत्र पठाएका छन् ।

    लोकतान्त्रिक मूल्य, मान्यता, सुशासन, संसदीय गरिमा तथा नेपाल सरकारको मर्म र भावनालाई उच्च कदर गदै कुनै पनि पदभन्दा राष्ट्रिय हित, नैतिक निष्ठा र पारदर्शिता माथि हुन्छ भन्ने विश्वासका साथ आफुले नाम फिर्ता लिएको थापाको पत्रमा उल्लेख छ ।

    सरकारद्वारा प्रस्तावित १३ जनामध्ये यसअघि १० जनाको नाम समितिले अनुमोदन गरेको थियो ।

    साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चुडामणि खरेलको नाम अस्वीकृत भइसकेको छ ।

    संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले बैठकमा थापाले आफूसँग मेरो व्यक्तिगत कुरासँग जोडिएको विषय भएको र स्वार्थको द्वन्द्व बाझिएकोले नाम फिर्ता लिने जानकारी गराएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार