Nepal Face
  • सोमबार, १७ कार्तिक २०८३
  • सरकारमा जे गरेपनि हुन्छ भन्ने सोच देखिएको काँग्रेसको ठहर 


    सोमबार, कार्तिक १७ २०८३
    50
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लोकतन्त्रमा निर्वाचनबाट प्राप्त जनादेश शासन सञ्चालनको अधिकार भएपनि संविधान र कानुनभन्दा माथि उठ्ने अनुमति नभएको बताएको छ।

    आज बसेको संसदीय दलको बैठकपछि दलका नेता भीष्मराज आङ्देम्बेले पछिल्ला सरकारी गतिविधिले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाहरूको स्वायत्तता र विधिको शासनमाथि गम्भीर प्रश्न खडा गरेको बताए।

    उनले भने, ‘पत्रकार पक्राउको स्पष्ट कानुनी आधार, पुर्जी वा अदालतको अनुमति सार्वजनिक नगरी समाचार कक्षमै प्रहरी परिचालन गरिनुले स्वतन्त्र पत्रकारितामाथि अनुचित दबाब मात्र होइन, विधिको शासनविपरीत हो, स्वेच्छाचारिता हो। यसको जवाफ सरकारले दिनुपर्छ।’

    मुलुकको संवैधानिक संरचनालाई कमजोर बनाउँदै आफू अनुकूलको शासन स्थापित गर्न गरिएको सुनियोजित प्रयत्नको खतरनाक शृङ्खला भएको कांग्रेसको ठहर छ।

    पत्रकार धरपकड लगायत सबै विवादित सरकारी गतिविधिको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन, दोषीलाई कानुनबमोजिम कारबाही गर्न संसदीय विशेष समिति गठनको माग गरे।

    लोकतन्त्र र विधिको शासन, प्रेस स्वतन्त्रता, शक्ति पृथकीकरण लगायतका मूलभूत मूल्य मान्यताविपरीत सरकार लागेमा कांग्रेसले विरोध गर्ने उनले बताए। उनले न्यायपालिकाको स्वतन्त्रतालाई अक्षुण्ण राख्नुपर्ने पनि बताए।

    सरकारले विधिको शासन पालना नगरेर जे गरे पनि हुन्छ जवाफ दिनुपर्दैन भन्ने ढंगले चलेको भन्दै आपत्ति जनाए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार