Nepal Face
  • सोमबार, १७ कार्तिक २०८३
  • सर्वोच्चमा न्यायाधीशहरूको पूर्ण बैठक जारी


    सोमबार, कार्तिक १७ २०८३
    60
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । प्रधान न्यायाधीश र न्यायाधीशसँग जोडिएका विवादास्पद सन्देश तथा सम्पर्कका विवरण सार्वजनिक भएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वोच्च अदालतमा सोमबार बिहानदेखि सुरु भएको पूर्ण बैठक जारी छ ।

    प्रधान न्यायाधीश डा। मनोजकुमार शर्माले बोलाएको सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक ९फुलकोर्ट० लम्बिँदा सर्वोच्च अदालतको नियमित इजलास सञ्चालन प्रभावित भएको छ । मुद्दाको पेसी सूची प्रकाशित भए पनि न्यायाधीशहरू बैठकमै व्यस्त रहेकाले सुनुवाइ सुरु हुन सकेको छैन ।

    सर्वोच्च अदालत प्रशासनका अनुसार बैठक कम्तीमा खाजा खाने समयसम्म लम्बिने सम्भावना छ । बैठक सकिएपछि मात्रै न्यायाधीशहरू इजलासमा जाने बताइएको छ ।

    बिचौलियाका रूपमा आरोपित इनम सापकोटासँग न्यायाधीश हरिप्रसाद फुयालको सम्पर्क र ह्वाट्सएप संवाद तथा प्रधान न्यायाधीश शर्माको नाम जोडिएका आर्थिक कारोबारसम्बन्धी विवरण सार्वजनिक भएपछि न्यायपालिकाभित्र विवाद उत्पन्न भएको हो । सार्वजनिक विवरणको सत्यता र न्यायिक आचरणका विषयमा प्रश्न उठिरहेका छन् । सम्बन्धित न्यायिक पदाधिकारीहरूले भने आफूमाथि लागेका आरोप अस्वीकार गरेका छन् ।

    यसअघि बसेको पूर्ण बैठकमा समेत सार्वजनिक विवरणबारे प्रश्न उठेको थियो । केही न्यायाधीशले घटनाको निष्पक्ष छानबिनका लागि आन्तरिक समिति गठन गर्नुपर्ने धारणा राखेका थिए । तर, त्यसबारे ठोस निर्णय हुन नसकेपछि सोमबार पुनः बैठक बसेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार