Nepal Face
  • सोमबार, १७ कार्तिक २०८३
  • तत्काल संसद्को बैठक बोलाउन आग्रह गर्ने विपक्षी दलहरूको निर्णय


    सोमबार, कार्तिक १७ २०८३
    35
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। विपक्षी दलहरूको बैठकले तत्काल सङ्घीय संसद्को बैठक बोलाउन सरकारलाई आह्वान गर्ने निर्णय गरेको छ।

    सोमबार सिंहदरबारस्थित नेपाली काङ्ग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा बिचौलियासँग सम्बन्धित कुरा, न्यायालय र प्रहरीमाथि उठेका प्रश्न तथा पत्रकारहरूमाथि भएको धरपकड लगायतका विषयमा छलफल भएको काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिए। उनका अनुसार, पछिल्लो समय सार्वजनिक सम्पूर्ण विषयको समाधान संसद्बाटै खोज्न सकिने निष्कर्ष बैठकले निकालेको छ।

    त्यस्तै, सरकारले हरेक कुरा अध्यादेशमार्फत मात्र चलाउन खोजेकाले पनि संसद् अपरिहार्य बनेको आङ्देम्बेको भनाइ छ। सरकारका पछिल्ला गतिविधिले संसद्को गरिमामाथि नै प्रश्न उठाएको उनले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार