Nepal Face
  • सोमबार, २६ असोज २०८३
  • कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी


    सोमबार, असोज २६ २०८३
    40
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा निर्वाचित भएका छन् ।

    खुलातर्फको मतगणनामा पौडेलले ४ हजार १९४ मत प्राप्त गर्दै विजयी भएका हुन्। राणा २ हजार ३३० मतसहित महामन्त्रीमा निर्वाचित भएका छन् ।

    महामन्त्रीका अन्य उम्मेदवारमध्ये डा. सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४ र अमरसिंह पुन मगरले १ हजार १२५ मत प्राप्त गरेका छन् ।

    त्यस्तै, शंकर तिवारीले १२३ र डा। सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरेका छन् ।

    यस्तै महिला महामन्त्रीमा डा. डिला संग्रौला विजयी भएकी छन । संगौलाले तीन हजार ११८ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् ।

    उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय ९डिना०ले दुई हजार ८६४ मत प्राप्त गरेकी छन् । त्यस्तै, रीता खनालले ८०४ मत प्राप्त गरेकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार