Nepal Face
  • सोमबार, ५ असोज २०८३
  • नेपाली कांग्रेसका ६ हजार १३२ वडा अधिवेशन सम्पन्न


    आइतबार, असोज ४ २०८३
    150
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले ७३ जिल्लाका ६१ सय बढी वडामा अधिवेशन सम्पन्न गरेको छ । केन्द्रीय निर्वाचन समितिले ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भएको जनाएको हो । ७३ जिल्लाका ६१३२ वडामा अधिवेशन पश्चात् निर्वाचन सम्पन्न भएको नेपाली कांग्रेसले जनाएको छ ।

    नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयानुसार २०८३ असोज १६ देखि १९ गतेसम्म हुन गइरहेको १५ औं केन्द्रीय महाधिवेशन अन्तरर्गत आज दोस्रो दिन असोज ४ गते पनि वडा अधिवेशन प्रक्रिया उत्साहप्रद रुपमा प्रारम्भ भएको छ ।

    निर्वाचन कार्यक्रम अन्तर्गत ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्वु, ओखलढुंगा, उदयपुर, झापा, मोरङ (क्षेत्र नं. ६ वाहेक), सुनसरी, सप्तरी (क्षेत्र नं. २ र ४ वाहेक), धनुषा, महोत्तरी, सर्लाही (क्षेत्र नं. २ वाहेक), रौतहट (क्षेत्र नं. १ बाहेक), बारा, पर्सा, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाडांै, गोरखा, लमजुङमा वडा अधिवेशन सम्पन्न भएको छ ।

    त्यसैगरी, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, वागलुङ, नवलपुर, परासी (क्षेत्र नं. २ वाहेक), रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्व), रोल्पा, प्युठान, दाङ, बाँके, बर्दिया, रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत, बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर र कैलाली जिल्ला गरी ७३ जिल्लाका ६१३२ वडामा अधिवेशन पश्चात् निर्वाचन सम्पन्न भएको छ ।

    यसरी असोज ३ गतेबाट शुरु भएको वडा अधिवेशन आज दोस्रो दिन असोज ४ गते पनि वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुनु भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार