काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको भीषण बाढीले ठूलो धनजनको क्षति भएको छ । गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ३, न्याक्चेत र फिलिम बजार जोड्ने पुल बगेको तथा घट्टेखोला क्षेत्रका केही घरहरूमा लेदोसहितको पानी पसी नदीको बहाव निरन्तर बढिरहेको छ । गृहमन्त्री सुधन गुरुङले निर्वाचन जितेको क्षेत्रमा उक्त बाढी आएको हो ।
गृहमन्त्री गुरुङले आफ्नै निर्वाचन क्षेत्रमा भीषण बाढी आएर क्षति पुर्याएकोमा दुःख प्रकट गरेका छन् । गुरुङले नेपालले आज फेरि अर्को भीषण बाढीको सामना गर्नुपरेको बताउँदै गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको भिषण बाढीको भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्दै गृहमन्त्री गुरुङले बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरसहित सुरक्षाकर्मीहरू परिचालन गरिएको जानकारी गराएका हुन् ।
‘नेपालले फेरि अर्को भिषण बाढीको सामना गर्नुपरेको छ र यसपालि मेरै आफ्नै निर्वाचन क्षेत्र गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ३, न्याक्चेत र फिलिम बजार जोड्ने पुल बगेको तथा घट्टेखोला क्षेत्रका केही घरहरूमा लेदोसहितको पानी पसी नदीको बहाव निरन्तर बढिरहेको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय प्रशासनलाई उद्धार, राहत र सुरक्षित स्थानमा स्थानान्तरणका लागि हेलिकप्टरहरू घटनास्थलमा परिचालन भइसकेका छन् ।’
विशेष गरी बूढीगण्डकी नदी किनार तथा तटीय क्षेत्रमा रहेका सिर्दिबास, जगत, सल्लेरी, खोलबेसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन पनि उनले आग्रह गरेका छन् ।
‘विशेष गरी बूढीगण्डकी नदी किनार तथा तटीय क्षेत्रमा रहेका सिर्दिबास, जगत, सल्लेरी, खोलबेसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन् र उच्च सतर्कता अपनाउन हार्दिक अनुरोध गर्दछु,’ गृहमन्त्री गुरुङले लेखेका छन्, ‘कृपया धैर्य रहनुहोला र सुरक्षित रहनु हुनेछ। कृपया कुनै पनि आपतकालिन सहायताका लागि गृह मन्त्रालयको १२३४ मा सम्पर्क गर्नुहोला ।’
काठमाडौं । कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट र महिला शिक्षिकामाथि दुव्र्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको...
मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई जोडेर केही सञ्चारमाध्यममा प्रकाशित स्वास्थ्य सामग्री तथा उपकरण खरिदसम्बन्धी समाचारप्रति मुख्यमन्त्रीको सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ । समाचारमा मुख्यमन्त्री,...
काठमाडौँ । नेपाली सेनाले नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाकु खोलामा निर्माण गरेको एक्रो ब्रिज गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ। सेनाले आइतबार(असोज २५...
काठमाडौँ। बुढीगण्डकी नदीमा आएको बाढी प्रभावित क्षेत्रबाट ३६ जनाको उद्धार भएको छ। एम आइ सेभेन्टिनसहित ४ वटा हेलिकोप्टर तथा स्थलमार्गबाट खटिएको टोलीले ३६ जनाको उद्धार...
काठमाडौँ। चुमनुब्री गाउँपालिका – ६ स्थित उङ्गिलुङ खोलामा आएको बाढीका कारण कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् । आइतबार बिहानै आएको बाढीले उङ्गिलुङ गोठमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend