Nepal Face
  • शनिबार, २४ असोज २०८३
  • मेरियट होटलबाट मसाज गर्दागर्दै पक्राउ परेका थिए नवीन बस्नेत, छुटाउन चलखेल


    शनिबार, असोज २४ २०८३
    6.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो ब्यूरो(सीआईबी)ले विवादास्पद ब्यवसायी नवीनराज बस्नेतलाई शुक्रबार राति मेरियट होटलबाट पक्राउ गरेको छ ।

    शुक्रबार बस्नेतको सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागमा तारिख थियो ।

    तारिखमा जाने क्रममै बिभागले नियन्त्रणमा लिनसक्ने आशंका उनलाई भएकाले उनी मानसिक रुपमा तयार भएर गएका थिए । सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागले नियन्त्रणमा बयान लिएर दशैंपछिको तारिख दिएपछि उनी खुसी भएका थिए ।

    बिभागबाट बयान दिएर मेरियट होटलमा पुगेका बस्नेतलाई मसाज गर्दागर्दै सीआईबीको टोलीले नियन्त्रणमा लिएको थियो । उनी मेरियट होटलमा नियमित मसाज र स्टीम बाथका लागि जाने गरेका थिए ।

    यसैबीच, पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका पीए पारस क्षेत्री, सुशील कडरिया, भिक्टर पौडेल लगायतको टीम पक्राउ परेका नवीनराज बस्नेतलाई जोगाउन लागेको स्रोतको दाबी छ ।

    बस्नेतसँग कनेक्सन भएका र बिगतमा सेटिङमा संलग्न केही प्रहरी अधिकृतहरुसमेत उनलाई कसरी जोगाउन सकिन्छ भनेर शक्तिकेन्द्र मिलाउन जाउलाखेलमा अहिले छलफलमा जुटेको स्रोतले बताएको छ । पुराना सरकारका पालामा प्रहरी अधिकृतहरु बढुवा हुन र आकर्षक कार्यालयमा सरुवा हुन पनि बस्नेतकोमा पुग्ने गरेका थिए । उनकोमा नजाने अधिकृतहरु सरुवा-बढुवामा पछि पर्ने गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार